अनेसासको डेनमार्क च्याप्टरमा सापकोटा
विश्वका विभिन्न देशमा संजाल रहेको नेपाली साहित्यकारहरुको ठुलो संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० डेनमार्कको पुनर्गठन भएको छ। गत शनिबार युवाकवि नवराज पराजुली 'युरोप कविता कन्सर्ट-२०१९' अन्तर्गत आफ्नो कार्यक्रम लिएर डेनमार्कको कोपन्हेगन पुगेको समयपारी आयोजित एक भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको हो। शशि ढकाल नेतृत्वको सो समाजको डेनमार्क च्याप्टर अब कवि, गीतकार तथा पत्रकार प्रकाश सापकोटाको संयोजकत्वमा हस्तान्तरित भएको छ।…