बेल्जियममा भानुको सम्झना

अन्तर्राष्ट्रिय नेपाल साहित्यिक समाज बेल्जियमले आन्त्वेर्पेन शहरमा आदिकवि भानुभक्त आचार्यको २०० औँ जयन्ती मनाएको छ । भानुभक्त आचार्यको साहित्यिक योगदानबारे चर्चा र कवि गोष्ठीको आयोजना गरी भानुको सम्झना गरिएको थियो । कार्यक्रममा उपन्यासकार पंचम अधिकारीले भाषा-साहित्य भनेको मानव जातिको प्रतिष्ठा हो भन्दै नेपाली साहित्यको विकास हुँदै गर्दा नेपालका अन्य राष्ट्रिय भाषाहरू र जातीय पहिचानको सवाल पनि साथसाथै अघि बढीरहने बताउनु…

Comments Off on बेल्जियममा भानुको सम्झना

प्रतिनिधि काव्ययात्राको दोश्रो श्रृङ्खला

प्रतिनिधि बेल्जियम डट कमको आयोजनामा यहाँ नियमित रुपमा सँचालन गरिँदै आएको प्रतिनिधि काव्ययात्राको दोश्रो श्रृङ्खला यही जुन १७ मा सम्पन्न भयो । नवोदित हस्ताक्षर, गजलकार विष्णु सापकोटाको लेखकीय केन्द्रीयतामा प्रस्तुत यात्राको अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरका अध्यक्ष विमल गिरी हुनुहुन्थ्यो । कार्यक्रममा सर्जकहरु विमल गिरीले मुक्तक, लोकसाहित्यका साधक एवँ गायक बलराम पुनले गीत र सँस्मरण, कलाकार एवं चितवन सहायता…

Comments Off on प्रतिनिधि काव्ययात्राको दोश्रो श्रृङ्खला

भोजपुर प्रतिभा पुरस्कारबाट कवि विमल गिरी पुरस्कृत

भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको ‘भोजपुर प्रतिभा पुरस्कार’ युवाकवि विमल गिरीलाई र ‘भोजपुर प्रतिभा सम्मान’ वरिष्ठ कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहनु भएका कवि तथा गजलकार गिरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), बेल्जियमका अध्यक्ष समेत हुनुहुन्छ । भोजपुर प्रतिभा प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा हालै…

Comments Off on भोजपुर प्रतिभा पुरस्कारबाट कवि विमल गिरी पुरस्कृत

म्यान बुकर पुरस्कारबाट लघु कथाकार पुरस्कृत

यस वर्षको ब्रिटिश Man Booker International Prize अमेरिकी (लघु) कथाकार लिदिया डेभिसलाई प्रदान गरिएको । ६० हजार ब्रिटिश पाउण्डको सो पुरस्कार उत्कृष्ट योगदान दिने साहित्यकारलाई दिइन्छ । ज्यादाजसो साहित्यिक पुरस्कारहरू उपन्यासकार वा ठूला ग्रन्थका लेखकहरूलाई दिइने गरेकोमा यस वर्ष (२०१३) मा लघुकथा क्षेत्रमा दिएर नयाँ सन्देश दिइएको समिक्षकहरूले बताएका छन् । पुरस्कारका लागि अन्तिम चरणमा भारत, पाकिस्तान, युक्रेन, चीन, फ्रान्स,…

Comments Off on म्यान बुकर पुरस्कारबाट लघु कथाकार पुरस्कृत

प्रगतिशील साहित्यकारहरुको नयाँ नेतृत्व

प्रगतिशील साहित्यकारहरुको साझा संगठन प्रगतिशील लेखक संघको नवौं राष्ट्रिय सम्मेलनले कवि तथा समालोचक अमर गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । राजधानीमा शुक्रबारदेखि दुई दिनसम्म चलेको सम्मेलनले ९१ सदस्यीय राष्ट्रिय परिषद् र ४५ सदस्यीय केन्द्रीय समिति समेत चुनेको हो ।संघका उपाध्यक्षमा मातृका पोखरेल, गोपाल ठाकुर, सत्य पहाडी, शशिधर भण्डारी र हीरामणि दुःखी चुनिएका छन् । महासचिव, सचिव र…

Comments Off on प्रगतिशील साहित्यकारहरुको नयाँ नेतृत्व

अन्तर्राष्ट्रिय कविता महोत्सवका विजयी पुरस्कृत

kabitaए.एन.ए. नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले अन्तर्राष्ट्रिय कविता महोत्सव, २०१२ मा विजयी भएका कविहरुलाई काठमाडौँमा आयोजित कार्यक्रमबीच पुरस्कृत गरेको छ । महोत्सवमा प्रथम हुने भोजपुरका कवि गणेश खड्कालाई एक हजार अमेरिकी डलरको हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कारबाट पुरस्कृत गरियो । यसैगरी द्वितीय हुने रामेछापका जीवन खत्रीले ३०० अमेरिकी डलर र तेस्रो हुने रुपन्देहीका श्रीजन शर्मा र नुवाकोटका कृष्णकिशु न्यौपानेलाई पनि तीन सय अमेरिकी डलरको पुरस्कार दिइयो । उक्त पुरस्कार आज काठमाडौँमा आयोजित कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले प्रदान गर्नुभएको थियो |
(more…)

Comments Off on अन्तर्राष्ट्रिय कविता महोत्सवका विजयी पुरस्कृत