प्रचण्डकी बुहारीको एमाओबदी बैठकमा बिलौना

‘न मेरो विवाह दर्ता छ, न त छोराको जन्म दर्ता । लौ, मेरो डिएनए परीक्षण गरिदिनुस् । प्रचण्डकी बुहारी र प्रकाश दाहालकी12736220_940161642747286_1493273640_n-400x300 पत्नी हुँ भनेर चिनाउने मसँग के छ आधार ।’ माघ १० र ११ गते सम्पन्न एमाओवादी कास्की जिल्ला समितिको बैठकमा सिर्जना त्रिपाठी यसरी भक्कानिइन् ।

प्रचण्ड पत्नी सीता दाहाल आफैँले रोजेर माइती कास्की, हेम्जाकी सिर्जनालाई बुहारी बनाएकी थिइन् । तर पति प्रकाशले अखिल नेतृ बिना मगरलाई तेस्री पत्नी बनाएपछि उनी एक्लो छोरासहित केही वर्षदेखि माइतीमै बस्दै आएकी छन् ।
उक्त बैठकमा पूर्वसांसद दुर्गा विकले समेत भक्कानिँदै सिर्जनाको पक्षमा केही कुरा राखेकी थिइन । उनको भनाइ थियो –पार्टीमा हाम्रै साथीहरुमाथि यस्तो घोर अन्याय भएको छ भने हामीले न्याय खोज्न कहाँ जाने ? यो पार्टीमा लाग्नुपर्छ भनेर कसलाई सम्झाउने ? जनमोर्चाबाट माओवादी बन्न पुगेकी निर्मला सुवेदीको पनि यस्तै धारणा थियो ।                                                                                                                                                         -साभार जनआस्था साप्ताहिक