प्रताप लामा तेश्रो नेपाली तारा

नेपालको सबैभन्दा प्रतिष्ठित सांगीतिक रियालीटी सो नेपाली तारा ३ को उपाधि मोरङका प्रताप लामाले हात पारेका छन् | काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा शुक्रबार आयोजना गरिएको एक भव्य कार्यक्रम माझ प्रताप लामा कोका–कोला नेपाली तारा ३ का विजेता घोषित भएका हुन्| लामाले  प्रतिस्पर्धाको ग्राण्ड फिनालेमा देबेश राई र सुरेस लामालाई पछि पार्दै उक्त सांगीतिक रियालीटी सो जितेका हुन्| निर्णायकको अंक…

Comments Off on प्रताप लामा तेश्रो नेपाली तारा

विश्वकप छनोटको लागी राष्ट्रिय टिमको घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रवार विश्वकप फुटबल २०१८ र २०१९ को एसियन कपको प्रारम्भिक छनोटको लागी सागर थापाको नेतृत्वमा २४ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ| नेपालले प्रारम्भिक छनोटमा भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ | नेपाली टोली शनिबार कोलकत्ता प्रस्थान गर्नेछ | एसियन कप २०१९ को छनोटको रुपमा पनि रहेको प्ले–अफको पहिलो खेल नेपालले भारत संग भारतको गुवहाटीमा फागुन २९…

Comments Off on विश्वकप छनोटको लागी राष्ट्रिय टिमको घोषणा

बहुचर्चित ‘अफगान केटी’ पाकिस्तानमा नक्कली परिचयमा

नेशनल जियोग्राफिक म्यागजिनको कभर पेजमा प्रकाशित भएपछि विश्वभरि बहुचर्चित बनेकी हरिया आँखा भएकी 'अफगान केटी' पाकिस्तानमा नक्कली परिचय पत्रमा बसेको तथ्य उजागर भएको छ । स्थानीय प्रहरीले यसबारे अनुसन्धान थालेको छ । फोटोग्राफर स्टीभ म्याककरीको सो फोटो नेशनल जियोग्राफिक कै इतिहासमा सर्वाधिक चर्चित बनेको थियो । अफगानिस्तानको त्रासदीपूर्ण जीवन झल्काउने शर्बत गुलाको सो फोटो सन् १९८५ को जुन अंकमा छापिएको थियो…

Comments Off on बहुचर्चित ‘अफगान केटी’ पाकिस्तानमा नक्कली परिचयमा

न्यू लुक्समा ऐश्वर्या बच्चन

बलिउडकी प्रसिद्व  अभिनेत्री ऐश्वर्या राय बच्चनले आफ्नो न्यू लुक्स सार्वजनिक गरेकी छन् | एक कम्पनीको ब्राण्ड एम्बेसडर बनेपछि उनले कपाल काटेको फोटो सार्वजनिक गरेकी हुन् | काटेको कपालमा उनले रातो रिबन र लुगा पनि रातै लगाएकी छिन् |  प्रोडक्ट प्रमोशनको लागि उनले यी तस्विरहरु खिचाएकी हुन् |

Comments Off on न्यू लुक्समा ऐश्वर्या बच्चन

नेपाली महिलालाई भारतीय सम्मान

राजविराज-५ निवासी महिला अधिकारकर्मी आभासेतु सिंहलाई भारतमा ‘बिराङ्गना विशिष्ट सम्मान २०१४’ बाट सम्मान गरिएको छ|महिला सुरक्षा, अधिकार, समाजसेवा तथा साहित्य क्षेत्रमा योगदान पुर्‍याएबापत सिंहलाई भारतको जमशेदपुरमा अखिल भारतीय क्षेत्रीय महिला समाजले सम्मान गरेको हो | दुई लाख ५१ हजार भारुको सो पुरस्कार अखिल भारतीय क्षेत्रीय महासभाका राष्ट्रिय महासचिव डा. एमएस सिंह ‘मानस’ ले प्रदान गरेका थिए | सो पुरस्कार पाउने…

Comments Off on नेपाली महिलालाई भारतीय सम्मान

नोवल पुरस्कार विजेता कैलाश सत्यार्थी नेपाल आउने

सन् २०१४ को नोवल शान्ति पुरस्कार विजेता भारतका बालअधिकारकर्मी कैलाश सत्यार्थी तीन दिने नेपाल भ्रमणका लागि आउनु हुने भएको छ | बालश्रमबिरुद्धको विश्व यात्रा अभियानका अध्यक्ष सत्यार्थीलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बाल कल्याण समितिको आयोजनामा पुस ६ गते काठमाडौँमा अभिनन्दन गर्न लागिएको हो | मन्त्रालयका उपसचिव डा किरण रुपाखेतीका अनुसार नेपालको बाल अधिकारका लागि पनि प्रेरणादायी…

Comments Off on नोवल पुरस्कार विजेता कैलाश सत्यार्थी नेपाल आउने

सलमान खान बने,एक नम्बर सेलिब्रेटी

सलमान खान सन २०१४ को 'टप सेलिब्रेटी' बनेका छन| फोव्स इन्डियाले निकालेको 'उत्कृष्ट दश सेलिब्रेटी' सूचिमा सलमान एक नम्बरमा परेका हुन| प्रसिद्दी र आम्दानीका हिसाबले सुचिमा पर्ने सिमित अभिनेताहरूमा सलमान खान परेका हुन| यो वर्ष उनको सिनेमा 'किक' सुपरहिट रह्यो जून यो वर्ष हालसम्म रिलिज भएका सिनेमाहरू मध्ये सबैभन्दा बढी कमाइ गर्ने हिन्दी सिनेमा बनेको छ| 'चिङ्कारा हिरण शिकार' मुद्दाका…

Comments Off on सलमान खान बने,एक नम्बर सेलिब्रेटी

भट्टराई जग्गेमा,गाउँलेहरु कानेखुसीमा

एक समय माओवादी र धर्मकर्म बिपरीतार्थ शब्दजस्तै थियो। समय बदलिएसँगै माओवादीहरु पनि परिवर्तन भएछन् भन्ने उदाहरण शनिबार एमाओबादीका नेता डा. बाबुराम भट्टराईको पुख्यौली घर गोरखाको खोप्लाङ्गस्थित बेलबासमा देखियो। बिहान १० बजे आफ्नी पत्नी हिसीला यमीसहित बेलवास पुगेका डा. भट्टराईलाई जग्गेमा पुग्नेबित्तिकै पण्डितहरुले टीका लगाइदिए। 'फेरि प्रधानमन्त्री हुनुहोस्' आर्शिबाद दिए, 'माघ ८ मै संबिधान जारी गर्नुहोस्।' भट्टराईसँगै यमीले पनि जग्गेमा एक…

Comments Off on भट्टराई जग्गेमा,गाउँलेहरु कानेखुसीमा

अमेरिकाका नेपालीको फोटो नरेन्द्र मोदीले अनधिकृत प्रयोग गरेको आरोप

अमेरिकामा बस्ने गैर अावासासीय नेपाली विमल नेपालले आफ्नो फेसबुकमा राखेको दिपावलीको फोटो भारतीय प्रधानीमन्त्री मोदीको फेसबुकमा प्रयोग भएको बताउँदै प्रतिलिपि अधिकारको प्रकरण उठाएका छन् । खासगरी, फोटोको क्रेडिट समेत नदिइएकोमा उनको चित्त नबुझेको बताइएको छ । भारतको चर्चित दैनिक हिन्दुस्तान टाइम्सले बिमलले खिचेको तस्वीर र मोदीले शुभकामनामा प्रयोग गरेको तस्वीर तुलना गर्दै समाचार छापेको छ । उनले त्यो फोटो अमेरिकाको…

Comments Off on अमेरिकाका नेपालीको फोटो नरेन्द्र मोदीले अनधिकृत प्रयोग गरेको आरोप

जंगबहादुरको दुर्लभ तस्बिर

जंगबहादुर राणाको एउटा दुर्लभ तस्बिर अहिले सामाजिक सञ्जालहरूमा खुबै सेयर भइरहेको छ । नेपाली इतिहासका यी ‘डरलाग्दा’ पात्र तस्बिरमा निकै दयनीय देखिन्छन् । ख्याउटे शरीर, चिम्सा आँखा, लामो कपाल, पातला जुँगा । कस्ता थिए त यी क्रूर शासक ? इतिहासकार ज्ञानमणि नेपाल यसरी चित्रण गर्छन्: ‘जंगबहादुर राणाको अनुहार र जिउडाल त्यति राम्रो थिएन । शरीर ख्याउटे थियो । अनुहार उतिसाह्रो…

Comments Off on जंगबहादुरको दुर्लभ तस्बिर