नेपाल पत्रकार महासँघ कुवेतका अध्यक्षमा हरिकृष्ण न्यौपाने

नेपाल पत्रकार महासँघ बैदेशीक शाखा कुवेतका अध्यक्षमा हरिकृष्ण न्यौपाने चयन भएका छन |सोमवार कुवेतको मुर्गाब स्थित होटेल सोल्टीमा बसेको महासँघको बैठकले सुजन केसीले दिएको राजीनामालाई स्वीकृत गर्दै न्यौपानेलाई कार्यभार सुम्पिएको हो | महाँसघको विधान बमोजिम अध्यक्षले राजीनामा दिएको अवस्थामा स्वत उपाध्यक्षले अध्यक्षको कार्यभार पाउने भए पनि उपाध्यक्ष जय आलेले जिम्मेवारी समाल्न नमाने पछी महासचिब रहेका हरीकृष्ण न्यैपाने जिम्मेवारी सम्हालेका हुन् |यसै गरी…

Comments Off on नेपाल पत्रकार महासँघ कुवेतका अध्यक्षमा हरिकृष्ण न्यौपाने

बेल्जियममा निःशुल्क इन्टरनेट शुरू

बेल्जियमको सिन्त-कातलेन-वाभर नगरपालिकाले सबैलाइ निःशुल्क इन्टरनेट उपलब्ध गराएको छ । चार अग्ला ठाउँमा जडिएका हटस्पट मार्फत वाइ-फाइ निःशुल्क गरिएको हो । यसरी निःशुल्क इन्टरनेट उपलब्ध गराउने सिन्त-कातलेन-वाभर बेल्जियमको पहिलो नगरपालिका हो । यसरी निःशुल्क इन्टरनेट उपलब्ध गराइएपछि परम्परागत इन्टरनेट प्रोभाइडर कम्पनीहरू बेल्गाकम र टेलिनेटले आफूलाइ कुनै आपत्ति नभएको जनाएका छन् ।

Comments Off on बेल्जियममा निःशुल्क इन्टरनेट शुरू

गुगलको जिमेल अब नेपाली भाषामा

नेपाली भाषा प्रेमीहरुलाई खुशीको खबर, जिमेल अब नेपाली भाषामा उपलब्ध भएकोछ । अबबाट जिमेल नेपाली लगायत अन्य १२ वटा भाषामा उपलब्ध भएको हो । यो सँगै, जिमेल अब ७१ वटा भाषाहरुमा उपलब्ध भएको कुरा जिमेलले आफ्नो ब्लगमा उल्लेख गरेकोछ । नेपाली स्वयंसेवकहरुको महिनौँको मेहनत पछि जिमेल नेपालीमा उपलब्ध भएको हो । गतवर्ष डिसेम्बरमा गुगल ट्रान्सलेटमा नेपाली भाषा समावेश गरिएको थियो…

Comments Off on गुगलको जिमेल अब नेपाली भाषामा

नेपाल-अमेरिका पत्रकार संघमा गौतम दाहाल

अमेरिकामा रहेका पत्रकारहरुको साझा संस्था, नेजामा पत्रकार तथा ग्लोव नेपाल डटकमका प्रधान सम्पादक गौतम दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । टेक्सासमा सम्पन्न चौथो अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । नेजाको नयाँ कार्यसमितिको उपाध्यक्षमा शिव विष्ट, महासचिवमा भोला आचार्य र सचिवमा सुदिप पन्त निर्वाचित भएका छन् । त्यसैगरि क्षेत्रिय संयोजकहरुमा विश्वराज थापा, विकास राज न्यौपाने,…

Comments Off on नेपाल-अमेरिका पत्रकार संघमा गौतम दाहाल

फेसबुक र ट्वीटर: सम्बन्धविच्छेदको एउटा कारण

सोसल मिडियाको प्रयोग  सम्बन्धविच्छेदको एउटा मूख्य कारण बन्न थालेको छ । एक अमेरिकी अध्ययन अनुसार सोसल मिडियाको बढ्दो प्रयोगले सम्बन्धविच्छेदका घटना बढेका हुन् । सोसल मिडियामा साथीहरुबीचको सम्बन्धले घरपरिवारको सम्बन्धमा आँच आउन थालेको अनुसन्धानकर्ताको निश्कर्ष छ । ट्वीटरले सम्बन्ध बनाउन तथा बचाउनका लागि अहम् भूमिका निर्वाह गरेको दाबी भइरहँदा सोसल मिडियाको बढ्दो प्रयोगका कारण पारिवारिक सम्बन्धमा नकारात्मक प्रभाव पर्न थालेको नयाँ…

Comments Off on फेसबुक र ट्वीटर: सम्बन्धविच्छेदको एउटा कारण

ओबामाको अनुहार बाँदर जस्तो बनाउने पत्रिकाले माफी माग्यो

अमेरिकी राष्ट्रपति बाराक ओबामाको अनुहार बाँदर जस्तो बनाइ फोटो छाप्ने एक बेल्जियन पत्रिकाले माफी मागेको छ । ओबामा यो हप्ता ब्रसेल्स आउँदैछन् । यही अवसरमा गत शनिवार ‘ओबामा विशेष अंक’ निकाल्दा बेल्जियन दैनिक ‘द मोर्गन’ ले हाँस्य-व्यँगका रूपमा केही लेख र कार्टुन समाहित गरेको थियो । पत्रिकाले रूसी राष्ट्रपति पुटिनले पठाएको भन्दै ओबामा दम्पत्तिको बाँदर जस्तो फोटो राखेको थियो ।…

Comments Off on ओबामाको अनुहार बाँदर जस्तो बनाउने पत्रिकाले माफी माग्यो

पत्रकार महासंघ युकेको दोश्रो अधिवेशन मार्च ९ मा

मार्च ९ तारिख लण्डनमा हुने नेपाल पत्रकार महासंघ युके शाखाको दोश्रो अधिवेशन तयारीका लागि विभिन्न समितिहरु गठन भएको छ । तयारी समितिका संयोजक वरिष्ठ उपाध्यक्ष चिरन शर्माको संयोजनमा आइतवार लण्डनमा सम्पन्न बैठकले अधिवेशनलाई भव्य बनाउन जिम्मेवारी बाँडफाँड गरेको छ । बैठकमा बोल्ने सदस्यहरुले आगामी नेतृत्व सर्वसम्मतबाट चयन गर्न जोड दिएका थिए । बैठकले मञ्च सजावट तथा हल व्यवस्थापनमा सदस्यहरु श्याम…

Comments Off on पत्रकार महासंघ युकेको दोश्रो अधिवेशन मार्च ९ मा

गुगलले इन्टरनेटबाटै गराउनेछ, ताजमहल भ्रमण

गुगलले भारतको संस्कृति मन्त्रालयसँगको सहकार्यमा ताजमहलको भ्रमण अब इन्टरनेटबाटै गराउने प्रवन्ध मिलाउन लागेको हो । यो योजना अनुसार इन्टरनेट प्रयोगकर्ताले अनलाइनबाटै अब ताजमहलको भ्रमण गर्न पाउने भएका छन् । आफ्नो कोठा तथा कार्यालयमै बसेर फुर्सदको समयमा ताजमहल अवलोकन गर्न पाइने भएको छ । ‘गुगल ट्रेकर’ नाम दिइएको यो महत्वाकांक्षी परियोजना अन्तर्गत ताजमहलको भिडियो फुटेज संकलन गरिने छ । यो प्रविधि…

Comments Off on गुगलले इन्टरनेटबाटै गराउनेछ, ताजमहल भ्रमण

सम्पादकको अवशान

केही समययता सञ्चार माध्यमको स्वामित्व संरचनामा परिवर्तन आउन थालेको छ। यो परिवर्तनको गति अत्यन्तै दु्रत छ। अखबार, पत्रिका र टेलिभिजनहरू कुनै एउटा परिवारको स्वामित्वप्राप्त कम्पनीबाट सञ्चालन हुँदै आएका छन्। त्यसमध्ये केही सार्वजनिक कम्पनी छन्। कर्पोरेट लगानी भित्रिने क्रम बढ्दो छ। निजी टेलिभिजन च्यानलहरू एनडिटिभी, टिभी टुडे, इन्डिया टुडे गु्रप सार्वजनिक कम्पनीमा परिणत भएका छन्। यी कम्पनी सेयर बजारमा सूचीकृत छन्।…

Comments Off on सम्पादकको अवशान

समाप्तिको बाटोमा नेपाली टेलिभिजनहरु

यतिबेला स्याटेलाइटमा एउटा नेपाली टेलिभिजन बाहिरिएको प्रसंग चर्चामा छ । २०६७ साल बैशाख ८ गतेबाट प्रसारण सुरु गरेको न्यूज २४ टेलिभिजन प्रसारण यात्राको साढे ३ वर्षको यात्रामै स्याटेलाइटबाट आउट हुने कुरामा कतिपय निराश छन् । कोही दंग परेका छन् । तर, यो घटनाले नेपाली टेलिभिजन पत्रकारिताको भाग्य र भविष्यबारे केही गम्भीर सवालहरु उठाएको छ । जुन टेलिभिजनको स्याटेलाइट प्रसारण बन्द…

Comments Off on समाप्तिको बाटोमा नेपाली टेलिभिजनहरु

लोकप्रिय पत्रकारिता

अनलाइन पत्रकारिताको रोचक पक्ष हो- यो ओटाइ-पल्टाइ मापन गर्न सकिन्छ । जस्तैः पृष्ठ कति पटक हेरियो ? त्यस पृष्ठ अघि र पछि सर्फरले के गर्यो ? पृष्ठमा कति समय खर्चियो ? अनलाइन पत्रकारिता सस्तो, सुलभ र सजिलो पनि छ । उसो त, स्तरियताको मामिलामा पनि सस्तोपन देखिन्छ । पत्रकारिता यति ब्यापक बनेको छ की फेसबुक स्टाटसदेखि यु-ट्यूबका अडियो-भिजुअलसम्म पत्रकारै पत्रकारहरूको…

Comments Off on लोकप्रिय पत्रकारिता

फ्रेन्च पत्रिकाको खोज समाचार: बुद्ध ई.पू. ६२३ मा नेपालमा जन्मेका थिए

बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको तथ्यलाई केही भारतियहरू मात्र होइन अन्य बुद्धमार्गी देशहरू पनि तोडमोड गरीरहन्छन् । यही तोडमोडलाई प्रष्ट पार्दै केही महिनाअघि अमेरिकी लोकप्रीय पत्रिका द वासिङ्टन पोस्टले एक समाचार छापेको थियो र लेखेको थियो बुद्धको जन्मस्थल नेपाल नै हो । आज (५ डिसेम्बर) फ्रान्सको लोकप्रीय पत्रिका ‘ल पारीसियाँ’ नामक पत्रिकाले यसबारे एक खोजमूलक समाचार छापेको छ । ‘Bouddha…

Comments Off on फ्रेन्च पत्रिकाको खोज समाचार: बुद्ध ई.पू. ६२३ मा नेपालमा जन्मेका थिए

फेसबुके चुनाव

समयको परिवर्तनसँगै निर्वाचन प्रचारप्रसारको तौरतरिकामा पनि परिवर्तन आएको छ। समयको परिवर्तनसँगै विज्ञान प्रविधिको उच्चतम विकास भएको सन्दर्भमा परम्परागत तरिकाले गरिने चुनाव प्रचारको तरिकामा समेत परिवर्तन देखिएको हो। विगतमा पर्चा, पम्पलेट, तुल, व्यानरमा सीमित भएका राजनीतिक दलहरूले यतिबेला विभिन्न सामाजिक सञ्जालमा डेरा जमाएका छन्। सामाजिक सञ्जालमा यतिखेर राजनीतिक दलका नेता तथा कार्यकर्ता निर्वाचन प्रचारप्रसार गर्ने साधन मात्रै बनाएका छैनन् अभिव्यक्तिको प्रमुख…

Comments Off on फेसबुके चुनाव

अब फेसबुकबाटै चुनाव प्रचार

इजिप्टको क्रान्तिमा र २ वर्षअघि यु. के. मा भएको दङ्गामा सामाजिक सञ्जालको भूमिका ठुलो रहेको चर्चा गरिन्छ । यसपालीको नेपालको संविधान सभाको निर्वाचनमा फेसबुक पनि प्रचारको एक सशक्त साधन बन्दैछ । नेपाली संचार माध्यममा यसको चर्चा चुलिएको छ । चुनावी प्रचारप्रसारको नयाँ शैलीको रुपमा सामाजिक सञ्जाल फेसबुकको प्रयोग व्यापक देखिन थालिएको छ। साथीहरुबीच सम्पर्क स्थापित गरी जानकारी आदानप्रदान गर्ने उद्देश्यले…

Comments Off on अब फेसबुकबाटै चुनाव प्रचार

अमेरिकी पत्रिकाले बुद्धबारे लेख्यो- भारतियहरू हल्ला बढी गर्छन्

बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको तथ्यलाइ केही भारतियहरू तोडमोड गरीरहन्छन् । यही तोडमोडलाइ प्रष्ट पार्दै अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले एक समाचार छापेको छ । पत्रिकाले समाचार नै यसरी बनाएको छ- भारतियहरूले हल्ला गरे जस्तो होइन । पोस्टको समाचार यस्तो छ - Nepal battles misconceptions over Buddha’s birthplace Quick: Where was the Buddha born? To hear many Indians talk, you’d…

9 Comments