गुगलको जिमेल अब नेपाली भाषामा

gmailनेपाली भाषा प्रेमीहरुलाई खुशीको खबर, जिमेल अब नेपाली भाषामा उपलब्ध भएकोछ ।

अबबाट जिमेल नेपाली लगायत अन्य १२ वटा भाषामा उपलब्ध भएको हो । यो सँगै, जिमेल अब ७१ वटा भाषाहरुमा उपलब्ध भएको कुरा जिमेलले आफ्नो ब्लगमा उल्लेख गरेकोछ । नेपाली स्वयंसेवकहरुको महिनौँको मेहनत पछि जिमेल नेपालीमा उपलब्ध भएको हो । गतवर्ष डिसेम्बरमा गुगल ट्रान्सलेटमा नेपाली भाषा समावेश गरिएको थियो ।

जिमेल नेपाली भाषामा भन्नुको मतलब तपाईले जिमेलमा सिधै नेपालीमा लेख्न सक्नुहुन्छ भनेको भने होइन । जिमेलको आवरणमा भएका अंग्रेजी शब्दहरु मात्रै नेपाली भाषामा परिवर्तन हुने हो । जस्तो कि, ‘कम्पोज ईमेल’, नयाँ सन्देश भनेर देखिने छ, ‘च्याट’को सट्टा ‘कुराकानी’ भनेर देखिनेछ ।

नेपाली भाषा मात्र बुझ्ने प्रयोगकर्ताहरुको लागि यो निकै सुविधापूर्ण हुनेछ । यद्यपी यसमा सुधारको खाँचो छ ।