नेपाल पत्रकार महासँघ कुवेतका अध्यक्षमा हरिकृष्ण न्यौपाने

नेपाल पत्रकार महासँघ बैदेशीक शाखा कुवेतका अध्यक्षमा हरिकृष्ण न्यौपाने चयन भएका छन |सोमवार कुवेतको मुर्गाब स्थित होटेल सोल्टीमा बसेको महासँघको बैठकले सुजन केसीले दिएको राजीनामालाई स्वीकृत गर्दै न्यौपानेलाई कार्यभार सुम्पिएको हो |kubet

महाँसघको विधान बमोजिम अध्यक्षले राजीनामा दिएको अवस्थामा स्वत उपाध्यक्षले अध्यक्षको कार्यभार पाउने भए पनि उपाध्यक्ष जय आलेले जिम्मेवारी समाल्न नमाने पछी महासचिब रहेका हरीकृष्ण न्यैपाने जिम्मेवारी सम्हालेका हुन् |यसै गरी आगामी एक बर्षका लागी बैठकले महासचिबमा आनन्द आर्चाय,सचिवमा नवराज पन्थी र कोषाध्यक्षमा लोमास बास्तोला चयन भएका छन |