क्यानडामा साईबर सुरक्षा सम्बन्धि आधारभूत तालिम

ग्रेटर टोरोन्टोको मिसिसागा शहरमा साईबर अपराध विरुद्ध जनचेतना जगाऔं, राष्ट्रनिर्माणका लागि सहयोग गरौं भन्ने नाराका साथ रिपोर्टर्स क्लब क्यानडाको आयोजनामा २८ जनवरी, २०१७ मा Cyber Security Institute International (CSII) अमेरिका द्धारा एक दिने साईबर सुरक्षा सम्बन्धि बेसीक तालिम सम्पन्न भएको छ ।

 

canada trainingबिश्वमा बढ्दै गैरहेको नयां प्रविधि र प्रयोग संगै त्यसबाट ब्यक्तिगत र समाजमा पर्ने प्रत्यक्ष र अप्रत्यक्ष हानी नोक्सानीका साथै विश्वमा दिनानुदिन बढ्दै गैरहेको साईवर अपराध र त्यसबाट बच्ने उपायको बारेमा बृश्तृत ज्ञान दिईएको थियो । तालिममा फेसबुक, ईमेल, कम्युटर, मोवाईल, वाईफाई बाट आफ्ना ब्यक्तिगत बिबरणहरु कसरी लिक हुन्छन् र अनाधिकृत रुपबाट ह्याकरहरुले गर्ने साईबर क्राइकका बारेमा ज्ञान दिईएको थियो । साथै बच्चाहरुलाई ति प्रबिधिहरु प्रयोगका लागि दिंदा अपनाउनु पर्ने उपायका बारेमा पनि ब्याख्या गरिएको थियो । तालिममा साईबर अपराधबाट प्रभाबित बिभिन्न देशमा बस्ने नेपाली पिडितहरुको अडियो तथा भिडियो समेत देखाईएको थियो ।

 

साथै (CSII) ले नेपालको बिभिन्न जिल्लाका स्कूलहरुमा सम्बन्धित स्कूलका पूर्ब बिध्यार्थिहरुको १०० डलर लगानिमा साईबर अपराध र सुरक्षा सम्बन्धि तालिम सुरु गर्दै आएको छ । तालिमको अबसरमा क्यानडाबाट बिष्णु अर्याल, ध्रुब भट्टराई, सुरक्षित शर्मा, दधि अर्याल र बिशाल घिमिरेले पनि आफू पढेको स्कूलमा साईबर अपराध र सुरक्षा सम्बन्धि तालिम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सोहि तालिमको अबसरमा सहभागिहरुले तालिम फलदायी भएको र सहभागिहरु मध्ये केहि साईबर क्राईम बाट पिडित भएको जानकारी गराएका थिए भने यस्ता खालका तालिमहरु नेपाली समूदायमा बृहत रुपमा संचालन गनुका साथै नेपालमा पनि सक्दो सहयोग गर्नुपर्ने धारणा राखेका थिए । एनआरएन क्यानडाका महासचिव सुमन लम्सालले आउदा दिनहरुमा यस्ता फलदायी कार्यक्रममा एनआरएन क्यानडाले सहकार्य गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।

 

तालिममा बिभिन्न पेशामा आबद्ध रहनु भएका ३७ जनाको सहभागिता रहेको थियो र सुरक्षाविज्ञ डा. रामहरि सुबेदिले तालिम दिनुभएको थियो । कार्यक्रम समापन संगै तालिममा सहभागिहरुलाई बरिष्ठ अधिबक्ता अतुल सुवेदीले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । तालिम संयोजन खाध्य बैज्ञानीक, समाजसेवी तथा रिपोर्टर्स क्लबका संथापक नारायण घिमिरेले गर्नु भएको थियो ।