मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको फन्दामा

मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ । प्रहरीको चेकिङ कै क्रममा  चोरीको मोटरसाइकलसहित चोर्ने गिरोह पक्राउ परेका हुन् । ललितपुर मनिखेल–८ बस्ने २४ बर्षीय राजु स्याङ्गतान र भारत मोतिहारी घर भई काठमाडौं बल्खु बस्ने २० बर्षीय राघवकुमार रजकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनीहरुसहित सवारी चोरीमा संलग्न गिरोहमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
bike theftललितपुर उपमहानगरपालिका–४ जावलाखेलमा चेकजाँच गर्नेक्रममा उनीहरु पक्राउ परेका हुन । राघव कुमार वैठा पछाडी सवार थिए भने राजु स्याङ्गतानले मोटरसाइकल चलाएका थिए ।
बा.७८ प ४३२१ नम्बरको मोटरसाइकलको कागजात माग गर्दा देखाउन नसकेकोले शंका लागेर सोधपुछ गर्दा चोरीको भन्ने खुलेको हो । काठमाडौं कपनबाट बा.७४ प ७५८३ नम्बरको मोटरसाईकल चोरी गरेर बा. ७८ प ४३२१ नम्बरप्लेट राखेर चलाएको पाईएकोले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुबैजनालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा चोरी गरेर नम्बर प्लेट परिवर्तन गरेका अन्य ४ वटा मोटरसाइकल समेत बरामद भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ