लांगेत्रापेन गोज टु गोर्खा

भूकम्पबाट प्रभावित नेपालको गोर्खा जिल्लाका केहि बिद्यालयको पुनर्निर्माण सहयोगको लागी बेल्जियमको लुभेन स्थित नेपालीबाट संचालित लांगेत्रापेन रेस्टुरेन्टले एक च्यारिटी कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रम  लांगेत्रापेंन रेस्टुरेन्टमा दिनको २ बजे बाट शुरु हुदैछ । कार्यक्रममा नेपाली खाना वितरण गरिने भएको छ भने सांगेतिक प्रस्तुति पनि रहेको छ  । कार्यक्रममा प्रवेश शुल्क १५ युरो रहेको छ  भने ५ वर्ष भन्दा कम उमेरका…

Comments Off on लांगेत्रापेन गोज टु गोर्खा

एक चिकित्सकद्वारा २० बालबालिकाको एसएलसी सम्म सबै खर्च व्यहोर्ने

चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा मेडिकल अन्कोलोजिस्ट चिकित्सक जया श्रेष्ठले चितवनको शक्तिखोर र सिद्वी गाबिसका विपन्न परिवारका २०  चेपाङ बालबालिका एसएलसी सम्म लाग्ने सबै खर्च व्यहोर्ने भएका । उनीहरु अहिले कक्षा २ देखि ५ मा अध्ययन गर्दै आएका छन् । ती बालबालिकालाई आवश्यक पोसाक, कापी कलम, झोलालगायत लाग्ने सबै खर्च आफैँले उपलब्ध गराउन थालेकोे, वार्षिक प्रतिविद्यार्थी करिब तीन हजार खर्च लाग्ने…

Comments Off on एक चिकित्सकद्वारा २० बालबालिकाको एसएलसी सम्म सबै खर्च व्यहोर्ने

बेल्जियममा राष्ट्रिय एकता दिवस मनाइने

नेपाली एकता समाज बेल्जियमले पृथ्वी जयन्ती पुस २७ लाई भव्यताका साथ मनाउने भएको छ । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९४ औँ जन्मजयन्तीको अवसरमा बेल्जियमको लुभेन स्थित रेस्टुरेन्ट डिएफसीमा यहि जनवरी १० आइतवार का कार्यक्रमको आयोजना गरिएको छ। समाजले राष्ट्रिय एकता दिवसको अवसरमा कार्यक्रम आयोजना गर्दै आएको छ । नेपाल सरकारमा सम्मिलित राजनैतिक दलहरुले राष्ट्रिय एकता दिवस मनाउनु पर्ने बताउदै…

Comments Off on बेल्जियममा राष्ट्रिय एकता दिवस मनाइने

संस्कृत विद्याश्रम भवनको शिलान्यास

भैरहवामा निर्माण गर्न लागिएको नयाँ संस्कृत विद्याश्रम भवनको सोमवार शिलान्यास गरिएको छ । जिल्ला शिक्षा कार्यालय, रुपन्देहीको रु १९ लाख ५० हजार र जनसहयोगबाट प्राप्त रु ४० लाख ५० हजारबाट निर्माण हुन लागेको भवनको जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले शिलान्यास गरे । सो भवनमा एउटा हलसहित तीनवटा कोठा बन्नेछन् । कार्यक्रममा विद्याश्रमले अक्षयकोषमा दान गर्ने दाताहरुलाई सम्मानसमेत गरेको छ ।…

Comments Off on संस्कृत विद्याश्रम भवनको शिलान्यास

कथा मिठो सारंगी गाउँको

चेलीबेटी, बेचबिखन, गाइने जीवन र त्यसभित्रको गरिबी, अपाङ्गता भएकाको पीडाजस्ता गहन विषयलाई कथावस्तु बनाए पनि प्रस्तुति फिका भइदिँदा नाटक ‘कथा सारङ्गी गाउँको’ हल्का देखिएको छ । जीवन जिउनका लागि सारङ्गी रेट्नैपर्ने बाध्यता भएकाहरु गाइने समुदायका बौद्धिक अपाङ्गता भएको एक छोरा र बेचिएकी छोरीका बाबुआमाको वरिपरि कथा घुमेको छ । गरिबीले रुमल्लिएका बाबुले जुवामा रु दुई हजार हारेपछि छोरीलाई अर्कैको हातमा…

Comments Off on कथा मिठो सारंगी गाउँको

पत्रकारिताबाट समाजलाई जोडौ

पछिल्लो समय देशमा देखिएको समस्यामा पत्रकार र सञ्चारमाध्यमले विशेष ध्यान दिँदै समाजलाई जोड्ने काममा लाग्नुपर्ने नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले बताउनुभएको छ । आज प्यूठानमा जिल्लाका पत्रकारसँग सामूहिक छलफल गर्दै उहाँले तराई क्षेत्रमा पछिल्लो एक सय दिनमा ९५ वटा प्रेस स्वतन्त्रता हनन भएको भन्दै आन्दोलनले प्रेस क्षेत्र थप असुरक्षित भएको समेत बताउनुभयो । देशमा पछिल्लो समय देखिएको जाति…

Comments Off on पत्रकारिताबाट समाजलाई जोडौ

महाकविको घरलाई संग्राहलय बनाउन पहल

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औ जन्मजयन्तीको अवसरमा विशालनगर पुस्तकालयले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले देवकोटाको घरलाई परिवारले सहमति दिएमा सङ्ग्रहालय बनाउन सरकारलाई प्रस्ताव गरिने बताएका छन । वरिष्ठ साहित्यकार रोचक घिमिरेले देवकोटाको निवासस्थललाई सङ्ग्रहालय बनाउने भनिएको भए पनि सरकारले आवश्यक चासो देखाउन नसकेकाले काम सुरु हुन नसकेको बताए । पुस्तकालयका अध्यक्ष सुनिल कर्माचार्य, पूर्वअध्यक्ष गणेश श्रेष्ठ,…

Comments Off on महाकविको घरलाई संग्राहलय बनाउन पहल

म्यागी सिएनएन हिरो, सुर्खेतमा खुशियाली

विगत आठ वर्षदेखि सुर्खेतमा रही अनाथ तथा असहाय बालबालिकाको सेवामा सक्रिय रहेकी म्यागी डोयन यस वर्षको सिएनएन हिरो घोषणा हुँदा सुर्खेतमा खुसियाली छाएको छ । म्यागीले वीरेन्द्रनगर–४ भैरवस्थानमा सञ्चालन गरेको कोपिला भ्यालीमा अध्ययनरत विद्यार्थीहरुले यो खुसियालीमा उत्सव मनाइरहेका छन् । मङ्गलबार न्युयोर्कमा आयोजित सभामा म्यागीलाइ विजेता घोषणा गरे लगत्तै भ्यालीमा संरक्षित बालबालिकाहरुले उत्सव मनाउन सुरु गरेका हुन् । विद्यार्थीहरुकै आयोजनामा…

Comments Off on म्यागी सिएनएन हिरो, सुर्खेतमा खुशियाली

नबौ सांग्रिला क्विजको उपाधि युवा क्लवलाई

बेल्जियममा सम्पन्न नबौ साग्रिला हाजिरीजवाफको उपाधी नेपाल बेल्जियम युवा क्लवले जितेको छ।  जित सगै क्लवले नगद ५०० युरो प्राप्त गरेको छ। क्लवको तर्फबाट विजय सापकोटा, सन्तोष पन्त र निश्चल श्रेष्ठले भाग लिएका थिए। आईतवार लुभेनमा पाच टिम बीच भएको प्रतियोगितामा ग्रेटर नेपाल द्वितीय र चहलपहल टिमले तृतीय स्थान हासिल गर्न सफल भए। दोश्रो र तेश्रो हुने टिमलाई नगद पांचसय, तीनसय…

Comments Off on नबौ सांग्रिला क्विजको उपाधि युवा क्लवलाई

बेल्जियममा लक्ष्मी जयन्तिको आयोजना

बेल्जियममा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको  १०६ औं जन्मजयन्ती मनाइने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा हुन गइ रहेको कार्यक्रम बेल्जियमको लुभेनस्थित डीएफसी रेस्टुरेन्टमा ११ नोभेम्बरमा सम्पन्न हुदैछ ।काव्यगोष्ठीका साथ् सम्पन्न हुन गै रहेको समाजले जानकारी गराउदै रचना सहित उपस्थित हुन् बेल्जियम स्थित सबै श्रष्ठा हरुलाइ आव्हान गरिएको छ। कार्यक्रम दिनको २ बजेबाट शुरु हुने आयोजकले बताएका छन् ।…

Comments Off on बेल्जियममा लक्ष्मी जयन्तिको आयोजना

बेल्जियममा नवौं हाजिरजवाफ प्रतियोगिताको आयोजना

साँग्रीला समाज बेल्जियमले स्थापना दिवसको अवसरमा हरेक वर्ष संचालन गर्दै आईरहेको खुला हाजिरी-जवाफ प्रतियोगिता यस वर्ष पनि आयोजना गर्ने भएको छ। समाजद्वारा आयोजित यो नबौं हाजिरी-जवाफ प्रतियोगिता हो। बेल्जियमको लुभेन शहरको सेन्टर स्थित Wereldcafé. Coop Joris Helleputte Plein 23000 Leuven मा कार्यक्रम सम्पन्न हुदैछ। २०१५ नोभम्बर ८ आईतवारका दिन आयोजना गरिने खुला हाजिरी जवाफ प्रतियोगितामा सहभागी टिमका लागि प्रवेश शुल्क ४० युरो…

Comments Off on बेल्जियममा नवौं हाजिरजवाफ प्रतियोगिताको आयोजना

बेल्जियममा मोती जयन्तीको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १५० औ जन्म जयन्ति मनाईने भएको छ । जयन्तीको अवसरमा यहि २० सेप्टेम्वर आईतवार बेल्जियमको लुभेनमा एक साहित्यिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा आफ्ना रचनासहित उपस्थित हुन स्रष्ठाहरुलाई समाजले आग्रह समेत गरेको छ  । कार्यक्रम  साझ ५ बजेबाट शुरु हुने अनेसास बेल्जियमले जनाएको छ ।

Comments Off on बेल्जियममा मोती जयन्तीको आयोजना

बोएर्स रेस्टुरेन्टबाट भूकम्पपिडितलाइ दशलाख सहयोग

बेल्जियमको वेजमालस्थित बोएर्स ब्रासरीले नेपालका भूकम्पपिडितको पुनर्स्थापना र पुनर्निर्माणकोलागी दश हजार युरो (करिब साढे एघार लाख रुपैया) सहयोग स्वरूप प्रदान गरेका छ। बोएर्सका संचालक द्रिक क्लेशले नेपाली दूतावास बेल्जियमले स्थापना गरेको आफ्नो अर्थक्वेक रिलिफ फण्डमा रकम जम्मा गरेका हुन्। बिहिवार बेनेलक्स तथा युरोपियन युनियनका लागी नेपाली राजदूत राममणि पोखरेललाइ दूतावासको अर्थक्वेक रिलिफ फण्डमा जम्मा गरेको पुर्जा हस्तान्तरण गर्दै नेपालमा आईपरेको…

Comments Off on बोएर्स रेस्टुरेन्टबाट भूकम्पपिडितलाइ दशलाख सहयोग

पाकिस्तानको आलोचना गर्ने फिल्म मलाई मनपर्दैनन्: सलमान खान

बलिउड अभिनेता सलमान खानले आफूलाई पाकिस्तानको आलोचना गरिएका फिल्म मननपर्ने बताएका छन्। उनले भने, ' मलाई पाकिस्तानलाई नकारात्मक देखाइएका फिल्म बिल्कुलै मनपर्देनन्। के हामी कसैले इन्डियाको बारेमा नराम्रो बोलेको सुन्न सक्छौं? पाकिस्तानीहरुको हकमा पनि त्यही कुरा लागू हुन्छ। त्यो उनीहरुको देश हो। पहिले पहिले भारतीयहरु पाकिस्तान पुग्दा त्यहाँ उनीहरुको राम्रो स्वागत-सत्कार हुन्थ्यो। मानिसहरु त्यो मेजमानीको प्रशंसा गर्थे। उनीहरु पनि यता…

Comments Off on पाकिस्तानको आलोचना गर्ने फिल्म मलाई मनपर्दैनन्: सलमान खान

बेल्जियमको राष्ट्रिय दिवस जुलाई २१ किन?

बेल्जियममा जुलाई २१ लाइ राष्ट्रिय दिवस मानिदै आएको छ । बेल्जियम सन् १८३० मा नेदरल्याण्डबाट स्वतन्त्र भएको थियो। सन् १८३१ को फेब्रुअरीमा नेशनल कांग्रेसले एक संबिधान निर्माण गरेको थियो। बेल्जियमका प्रथम राजा लियोपोल्ड प्रथमले १८३१ जुलाई २१ मा ब्रसेल्सको सेन्ट ज्याकोब चर्चमा संबिधान प्रति निष्ठावान रहने सपथ खाएका थिए।राजाले सपथ खाएका दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन शुरु गरिएको हो। मंगलवार राष्ट्रिय दिवस…

Comments Off on बेल्जियमको राष्ट्रिय दिवस जुलाई २१ किन?