बेल्जियममा राष्ट्रिय एकता दिवस मनाइने

नेपाली एकता समाज बेल्जियमले पृथ्वी जयन्ती पुस २७ लाई भव्यताका साथ मनाउने भएको छ । राष्ट्रिय एकताका प्रतीक Prithvinarayanshahपृथ्वीनारायण शाहको २९४ औँ जन्मजयन्तीको अवसरमा बेल्जियमको लुभेन स्थित रेस्टुरेन्ट डिएफसीमा यहि जनवरी १० आइतवार का कार्यक्रमको आयोजना गरिएको छ।

समाजले राष्ट्रिय एकता दिवसको अवसरमा कार्यक्रम आयोजना गर्दै आएको छ । नेपाल सरकारमा सम्मिलित राजनैतिक दलहरुले राष्ट्रिय एकता दिवस मनाउनु पर्ने बताउदै आइरहेको भए पनि सरकारले भने कुनै निर्णय गरेको छैन । नेपाल सरकारले पृथ्वी जयन्ती मनाउन औपचारिक रुपमा निर्णय नगरेपनि राष्ट्रिय एकीकरणको उद्देश्य र पृष्ठभूमिको स्मरण गराउन प्रज्ञा प्रतिष्ठानले भने पृथ्वी जयन्ती मनाउने भएको छ।

देशमा राष्ट्रिय बिखण्डताका कुरा बढिरहेका बेला राष्ट्रिय एकताको खाँचो झन् बढेर गएको धेरैको सोचाई रहेको छ । ६२÷६३ सालको जनआन्दोलनपछि राष्ट्रिय एकता दिवस मनाउन छाडिएको थियो।