लांगेत्रापेन गोज टु गोर्खा

भूकम्पबाट प्रभावित नेपालको गोर्खा जिल्लाका केहि बिद्यालयको पुनर्निर्माण सहयोगको लागी बेल्जियमको लुभेन स्थित lange trapenनेपालीबाट संचालित लांगेत्रापेन रेस्टुरेन्टले एक च्यारिटी कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रम  लांगेत्रापेंन रेस्टुरेन्टमा दिनको २ बजे बाट शुरु हुदैछ । कार्यक्रममा नेपाली खाना वितरण गरिने भएको छ भने सांगेतिक प्रस्तुति पनि रहेको छ  ।

कार्यक्रममा प्रवेश शुल्क १५ युरो रहेको छ  भने ५ वर्ष भन्दा कम उमेरका लागी निशुल्क रहेको छ । सहयोग संकलनको लागी कार्यक्रमको आयोजना  गरिएको जानकारी गराउदै जम्मा हुने रकम बिद्यालय पुनर्निर्माणमा लगाईने बिनोद धितालले जनाए ।