एन. आर. एन. फ्रान्समा घनश्याम पौडेल निर्विरोध

एन आर एन फ्रान्सको अध्यक्षमा घनश्याम पैाडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै आइ सी सी प्रतिनिधिमा मिनबहादुर जि. सी. छानिएका छन् । २८ अगस्ट बुधवार भएको एन आर एन फ्रान्सको निर्वाचनमा उपाध्यक्षमा सुवर्णविक्रम हमाल ठकुरी तथा महासचिवमा भक्तबहादुर वाग्ले निर्वाचित भए । त्यसैगरी, सचिव- अनिल गुरूङ, कोषाध्यक्ष- नरेन्द्र शाही, सह-कोषाध्यक्ष- मिनबहादुर श्रेष्ठ र कार्यकारिणी सदस्यहरूमा शिव पराजुली, विक्रम खाँड,…

Comments Off on एन. आर. एन. फ्रान्समा घनश्याम पौडेल निर्विरोध

व्यवसायी सँघ बेल्जियमद्वारा शेष घले सम्मानित (भिडियो सहित)

नेपाली व्यवसायी सँघ बेल्जियमले अस्ट्रेलियाका सफल नेपाली व्यवसायी शेष घले र श्रीमति जमुना घलेलाइ सम्मानित गरेको छ । २८ अगस्ट बुधवार बेल्जियमको आन्तवर्पेन सहरमा गरिएको सो कार्यक्रममा बोल्दै घलेले युरोपमा रहेका नेपाली व्यवसायीहरूको कार्य सफलता र व्यवसायीक सहयोगका निम्ति आफू उत्सुक रहेको बताउनु भयो । नेपाली व्यवसायी सँघ बेल्जियमका अध्यक्ष हरी थपलियाको अध्यक्षतामा भएको सो सम्मान समारोहमा घले दम्पतिलाई खादा…

Comments Off on व्यवसायी सँघ बेल्जियमद्वारा शेष घले सम्मानित (भिडियो सहित)

पत्रकार महासंघ युरोपद्वारा आक्रमित पत्रकारप्रति ऐक्यवद्धता

नेपाल पत्रकार महासंघ यूरोप शाखाका सदस्य सन्तोष न्यौपानेमाथि गत १९ अगष्टमा ब्रुज सहरमा जीवन शर्माबाट कार्यक्रमस्थल मै भएको सांघतिक हमलामाथि नेपाल पत्रकार महासंघ यूरोप र बेल्जियमस्थित पत्रकारहरुले निन्दा गर्दै त्यसको प्रतिरोधमा विभिन्न निर्णयहरू गरेर पत्रकार न्यौपानेप्रति ऐक्यवद्धता जाहेर गरेको छ । महासँघको युरोप शाखा अध्यक्ष महेश थापाको अध्यक्षतामा भएको बैठकले घटनाबारे बेल्जियमस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराउने र आक्रमणकारी शर्मा सम्बद्ध…

Comments Off on पत्रकार महासंघ युरोपद्वारा आक्रमित पत्रकारप्रति ऐक्यवद्धता

एन आर एन आयरल्याण्डमा गणेश प्रसाई

एन आर एन आयरल्याण्डको अध्यक्षमा गणेश प्रसाइ निर्वाचित भएका छन् । त्यस्तै आइ सी सी प्रतिनिधिमा राजन काफ्ले छानिएका छन् । २७ अगस्ट मंगलवार डब्लिनमा भएको एन आर एन आयरल्याण्डको अधिवेशनले उपाध्यक्षद्वयमा नवराज कोइराला, सागर लामा तथा महासचिवमा प्रकाश श्रेष्ठलाइ निर्वाचित गरेको छ । त्यसैगरी, सचिव- डम्बर सिंह, कोषाध्यक्ष- अच्यूत गैरे, सह-कोषाध्यक्ष- शुभम शर्मा र कार्यकारिणी सदस्यहरूमा अोम अधिकारी, होमनाथ…

Comments Off on एन आर एन आयरल्याण्डमा गणेश प्रसाई

अमेरिकाको बृहद परेडमा नेपाली लोकगीत र नृत्य

दुई लाखभन्दा धेरै अमेरिकन तथा क्यानेडियनहरुको सहभागीतामा सम्पन्न भएको 'अमेरिकन लोक-पर्व २०१३' मा नेपालको चन्द्र-सूर्य झण्डा फहराउँदै नेपाली कलाकारहरुले प्रस्तुति देखाएका छन् । अगष्ट २३ देखि २५ सम्म अमेरिकाको पर्यटकीय राज्य मेइनमा चलेको फेस्टिबलमा पुराना लोकगायक प्रेमराजा महतको संयोजकत्वमा ७ जना नेपाली कलाकारहरुले प्रस्तुति देखाए । दौरा-सुरुवाल र गुन्यु-चोलीमा नेपालको झण्डा बोकेर कार्यक्रमस्थलमा उत्रिएका नेपाली कलाकारहरुको प्रस्तुतिबाट अमेरिकन तथा क्यानेडियन…

Comments Off on अमेरिकाको बृहद परेडमा नेपाली लोकगीत र नृत्य

२०१४ को डि भी पर्नेमा सबैभन्दा बढी नेपाली

सन् २०१४ को लागि नेपालका ६ हजार ८२ जनालाई डिभी चिठ्ठा परेको छ । संसार मै एक देशका निम्ति यो नै सर्वाधीक हो । नेपालपछि सवैभन्दा बढी चिठ्ठा पर्ने दोस्रो देशमा नाईजेरिया रहेको छ । त्यहाँका ६ हजार ४२ जनालाई डिभी चिठ्ठा परेको छ । त्यस्तै सवैभन्दा वढी डिभी चिठ्ठा पर्ने अन्य दश देशमा इरान, कङ्गो, युक्रेन, इजिप्ट, इथियोपिया, उज्वेकिस्तान,…

Comments Off on २०१४ को डि भी पर्नेमा सबैभन्दा बढी नेपाली

एन. आर. एन. डेनमार्कमा दिपक सापकोटा

हिजो २४ अगस्टमा भएको गैर आबासिय नेपाली संघ डेनमार्कको दोस्रो अधिबेसनले दिपक सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ | त्यस्तै, आई सि सि प्रतिनिधिमा सूर्यप्रकाश खनाल निर्वाचित भ्एका छन् । समितिमा अन्य पदाधिकारीहरू यसप्रकार रहेका छन्: उपाध्यक्ष - डम्बर कुमार बस्नेत उपाध्यक्ष - दिपेन्द्र श्रेष्ट महासचिब – बिरेन्द्र सिंह कार्की सचिब – गोबिन्द पौडेल कोषादक्ष - निरेन्द्र सिंह रावल…

Comments Off on एन. आर. एन. डेनमार्कमा दिपक सापकोटा

बेल्जियमका नेपालीमा सँस्कृतिको माया

फेसबुक लगायत सामाजिक सञ्जालका पानाहरुमा रक्षावन्धनको शुभकामनाको ओइरो लागेको देख्दा जो कोहीलाई पनि मनको भावना पोख्न मन लाग्ने नै भयो। नेपालमा हुँदा त्यति महत्व र रङ्गिचङ्गी नलागेको यो पर्वको महत्व परदेशी भूमिमा झन् उकाली लागेको महशुस हुँदैछ । तत्कालै फेसवुकमा स्टाटस अपडेट गरेँ – 'सम्पुर्ण मित्रहरुमा रक्षावन्धनको शुभकामना।' क्रमशः 'लाईक' गन्ती बढ्दै गयो, रक्षाबन्धनको दिन सकियो पनि। धेरैले रक्षाबन्धनको दिन जनै…

1 Comment

फेसबुकमा परिचित युवतिको बेइज्जती गर्ने पक्राउ

फेसबुकमा नयाँ पेज खोली परिचित युवतिहरूको गाली-बेइज्जती गर्ने २ युवकलाइ बेल्जियन प्रहरीले कार्यवाही अगाडि बढाएको छ । उत्तरी बेल्जियमको एक्लो र जेलजात नामक बजारका २ युवकले फेसबुकमा पेज खोली बेश्या भन्दै परिचित युवतिहरूको फोटो राखेका थिए । तिनले फोटोसँगै फोहोरी कमेन्टहरू पनि लेखेका थिए । यस वर्ष कै प्रारम्भमा पेजहरू हटाइएका भए पनि फेसबुक र माइक्रोसफ्टको सहयोगले १७ र २१…

Comments Off on फेसबुकमा परिचित युवतिको बेइज्जती गर्ने पक्राउ

बेल्जियमका पत्रकार सन्तोष न्यौपानेमाथि हातपात

बेल्जियममा सक्रिय पत्रकार सन्तोष न्यौपानेमाथि एक ब्लगमा समाचार लेखेकै रिसमा आक्रमण भएको छ । न्यौपाने नेपालको उज्यालो ९० नेटवर्क रेडियोका लागि समेत बेल्जियमबाट रिपोर्टिङ गर्छन्। केही दिनअघि उनले आफ्नै देशका कलाकारलाई आयोजक र त्यहाँका नेपालीले बेवास्ता गरेकोबारे माइसंसारमा एउटा ब्लग लेखेका थिए। त्यहाँ लेखिएका कुरा अतिरंजित भएको भन्दै एकथरि बेखुश थिए । त्यही पृष्ठभूमिमा सोमबार साँझ हातपातको घटना भयो ।…

1 Comment

हिजोआज तिजको गीत रोधीघरको ‘झाम्रे’ जस्तै

ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति पीर छ । की त बुढो त्याग कान्छी की त मलाई बिर्स ।। तीज पर्व नजिकिँदै गर्दा बजारमा अहिले यो गीतको चर्चा चुलिएको छ । गीतको चर्चासँगै गायक तेजश रेग्मी र गायिका शिलु भट्टराईको प्रशंसाले ठाउँ पाएको छ । तीज गीतको मूल मर्मबाट बाहिरिएर तयार पारिएका यस्ता कतिपय गीतले अहिले तीजको मौसमी सङ्गीत बजारमा…

Comments Off on हिजोआज तिजको गीत रोधीघरको ‘झाम्रे’ जस्तै

‘मेरा हजुर फेसबुक तिरै व्यस्त’ तिजको गीत

विश्व मै सर्वाधीक लोकप्रीय सामाजिक सञ्जाल ‘फेसबुक’ ले नेपालीहरूको पनि मन जितेको छ । पछिल्लो एक तथ्यांक अनुसार हाल २८ लाखभन्दा बढी नेपालीले फेसबुक प्रयोग गर्ने गर्छन् । यही लोकप्रियता कै कारण हुन सक्छ, पछिल्लो समयमा नेपालमा ‘फेसबुक’ नाम राखेर रेष्टुरेन्ट, फास्टफुड, इन्स्टिच्युट समेत खुलेका छन् । यस्तैमा हिन्दू नारीहरुको महान चाड ‘तीज’का गीतमा पनि ‘फेसबुक’ को चर्चा भित्रिएको छ…

Comments Off on ‘मेरा हजुर फेसबुक तिरै व्यस्त’ तिजको गीत

मनीषाको फिल्ममा पुनरागमन हुने

मनीषा कोइरालाले शुक्रबार आफ्नो ४३ औं जन्मदिन मनाइन् । ‘आफैले आफैलाई जन्मदिनको उपहार दिँदैछु । म सर्तविहीन प्रेमको माध्यमले जीवनसँग जोड्नेछु', जन्मदिनका अवसरमा मनीषाले आफ्नो फेसबुक स्ट्याटसमा लेखेकी थिइन् । बलिउड नायिका मनीषा कोइराला अब फिल्ममा खेल्नका लागि तयार भएकी बताइएको छ । उनी पाठेघरको क्यान्सरका कारण केही समय फिल्म दुनियाँबाट टाढिएकी थिइन्। तर अब पूर्ण रुपले आफू स्वस्थ भइसकेकाले…

Comments Off on मनीषाको फिल्ममा पुनरागमन हुने

शिक्षिकाले हिर्काउँदा आँखाको ज्योति गयो

शिक्षिकाको कुटाइबाट आँखामा चोट लागेपछि एक विद्यार्थीको आँखाको ज्योति गएको छ । शिक्षिकाको किताबले हिर्काउँदा आँखामा चोट लागेका बाँके हिरमिनियाका विद्यार्थी अजय धोबीको बायाँ आँखाको ज्योति सधैंलाई गुमेको हो । आँखाको ज्योति गुमेको जनाउँदै काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालले अजयलाई डिस्चार्ज गरेको छ । अस्पतालबाट डिस्चार्ज भएपछि अजय बुबा मैकुलालसँग घर फर्कंदै छन् । हिरमिनियास्थि विद्यालयमा असार ९ गते गृहकार्य दिने…

Comments Off on शिक्षिकाले हिर्काउँदा आँखाको ज्योति गयो

गर्मीबाट बँच्न बाबुले छोरालाई तरबुजाको ड्रेस बनाए

चीनमा गर्मीको तापमानबाट बँच्न एक पिताले चिसो तरबूजाको पोशाकमा आफ्नो छोरालाइ राखेको कुराले ब्यापक चर्चा पाएको छ । यो खबर ब्लगहरू मात्र होइन टि. भी.हरूले पनि देखाए । ती चीनीया बाबुले छोरालाइ (चित्रमा) तरबुजाको एक हेलमेट र एक हाफ-पैन्ट बनाएर लगाइदिएका थिए ।

Comments Off on गर्मीबाट बँच्न बाबुले छोरालाई तरबुजाको ड्रेस बनाए