दार्जिलिङका महिलाले मुन्डन गरे, राज्य सरकारको अल्टिमेटम
दार्जिलिङमा पश्चिम बंगाल सरकारले नेपाली भाषाका सञ्चार मध्यममा रोक लगाएको छ । नेपाली भाषीको बाहुल्यता रहेको दार्जिलिङलाई छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै गोर्खा जनमुक्ति मोर्चाले पहाडी क्षेत्रमा अनिश्चितकालीन बन्दको आब्हान गरेको छ। जसले गर्दा दार्जिलिङको स्थिति अस्तव्यस्त भएपछि राज्य सरकार दमनमा उत्रेको हो । आन्दोलनमा सहभागिहरुको एउटै भनाई रहेको छ-’तेलंगना राज्य हुनसक्छ भने गोर्खाल्याण्ड किन हुनसक्दैन, हामी हाम्रो १०७ बर्ष…