बेल्जियमका नेपालीमा सँस्कृतिको माया

फेसबुक लगायत सामाजिक सञ्जालका पानाहरुमा रक्षावन्धनको शुभकामनाको ओइरो लागेको देख्दा जो कोहीलाई पनि मनको भावना पोख्न मन लाग्ने नै भयो। नेपालमा हुँदा त्यति महत्व र रङ्गिचङ्गी नलागेको यो पर्वको महत्व परदेशी भूमिमा झन् उकाली लागेको महशुस हुँदैछ । तत्कालै फेसवुकमा स्टाटस अपडेट गरेँ – ‘सम्पुर्ण मित्रहरुमा रक्षावन्धनको शुभकामना।’ क्रमशः ‘लाईक’ गन्ती बढ्दै गयो, रक्षाबन्धनको दिन सकियो पनि।

janai purnima belgiumधेरैले रक्षाबन्धनको दिन जनै र तागो धारण गरे त कतिले राखि वाँध्ने काम। जे सुकै भएतापनि हाम्रो रितिरिवाज र परम्पराको संरक्षण भैरहेको बुझ्न फेसवुकका पान्नाहरु सहायक थिए। यस्तैमा, बेल्जियमबासी नेपालीहरुले कसरी रक्षाबन्धन मनाएछन् त भन्ने प्रश्न जिज्ञासा जाग्यो। फटाफट केही बेल्जियम निवासी स्वजनहरूसँग बेलुकी सम्पर्क गरेँ। रक्षाबन्धन मनाउने विधि र प्रकृया सवैको एकै रहेनछ। सवैभन्दा बढी नेपालीहरु बसोवास रहेको मानिने बेल्जियमको दोस्रो ठुलो सहर एन्टरपेनमा सक्रिय नेपालीहरुले रक्षाबन्धन कार्यक्रम नै आयोजना गरेका थिए।

सार्वजनिक रुपले आयोजना गरिएको यो बाहेकका अन्य व्यक्तिगत कार्यक्रमहरु पनि भएको देखियो, अलि फरक रुपमा। सामुहिक रुपले क्वाँटी खाने र राखि वाँध्ने किसिमको। क्वाँटी खाने परम्परा पनि रक्षावन्धनसँग जोडिएर आएको नेपाली सँस्कृति कै कडी हो। धेरैजसो नेपालीहरुले भने चाहना हुँदाहुँदै पनि परम्परागत रुपमा मनाउन नपाएको गुनासो गरे। परम्परागत रुपले जनै धारण र रक्षावन्धन धागो ग्रहण गर्ने अवसर एन्टरपेनका केही व्यवसायीहरुलाई मिल्यो। व्यवसायी संघ बेल्जियमका अध्यक्ष हरिकुमार शर्मा थपलिया र उपाध्यक्षद्वय चेतप्रसाद भट्ट तथा किसन केसी यसमा सामेल हुनुभयो । व्यवसायी कृष्ण खतिवडा आफू सहितका साथिहरुले आयोजना गरेको कार्यक्रममा पंक्तीकारको हातवाट जनै र धागो ग्रहण गर्न भ्याए। यसबाहेक व्रसेल्सकी रजनी प्रधान, वेल्जियम भ्रमणमा रहेका व्यवसायी रमेश थापा लगायतले रक्षावन्धन ग्रहण गरे । अन्य कतिपय व्यवसायीहरुले भने आफ्नो श्रद्धा अनुसार सामान्य पूजा र कन्या पूजा गरेर मनाइको प्रतिकृया दिए।

खासगरी, गैर आवासीय नेपाली संघ बेल्जियमका पदाधिकारीहरु संस्कृतिको संरक्षण गर्न अगाडि देखिए। नेपाली हाउस रेष्टुरेन्टको रक्षावन्धन मन्डपमा संघका अध्यक्ष प्रेम गुरुङ, सचिव बुद्धि बराल सदस्य केदार जोशीले श्रद्धाअनुसार रक्षावन्धन ग्रहण गरे । सानोदेखि नै बाँध्ने गरेको हो र यसलाई कायम राख्नुपर्ने प्रतिकृया एन आर एन बेल्जियमका अध्यक्ष गुरुङको थियो । रक्षावन्धनको लागि अर्को सहर लुभेनदेखिएन आर एन  बेल्जियमका महासचिव माधव शापकोटा, कोषाध्यक्ष नरहरी सापकोटा आएका थिए। एन आर एन बेल्जियमका पूर्व अध्यक्ष युवराज गुरुङले धेरै वर्षपछि रक्षावन्धन ग्रहण गरेको प्रतिकृया दिए भने निवर्तमान अध्यक्ष जानकी गुरुङले भने कार्यव्यस्तताले धागो बाँध्न नपाएको गुनासो गरिन्। प्रायःजसो सार्वजनिक आध्यात्मिक कार्यक्रममा उनको हातमा पहेँलो धागो हुनेगर्छ। एन आर एन आइसीसी अर्जुनकुमार श्रेष्ठलाई भने रक्षावन्धन ग्रहण गर्ने समय निकाल्न ज्यादै कठिन पर्यो । एसेन्टा प्रदर्शनीमा व्यस्त रहेका श्रेष्ठले भने श्रद्धापूर्वक शंकर भगवानको स्मरण गर्दै सवैको कल्याणको लागि प्रार्थना गरेको प्रतिकृया दिए। नवनिर्वाचित आइसिसी शिव वरुवाल भने कार्यव्यस्थता कारण रक्षावन्धन कार्यक्रममा उपस्थित हुन सकेनन्। एन आर एन संस्थापक रवीन्द्रमान श्रेष्ठले भने परम्परागत रुपले प्रतिकको रुपमा रातो-पहेँलो धागो बाँधेर रक्षावन्धन मनाए।अन्य कतिपयबाट कार्यव्यस्थताका कारण चाहेर पनि मनाउन नसकिएको प्रतिकृया प्राप्त भयो।

बेल्जियमस्थित विभिन्न राजनैतिक भातृ संगठनका पदाधिकारीहरुले पनि आ-आफ्नै किसिमले यस पर्व मनाएका छन्। एन डि एफ अध्यक्ष अर्जुन गुरुङ कार्यव्यस्थताका कारण रक्षावन्धनस्थल उपस्थित हुन सकेनन् तर महासचिव इन्द्रलाल चापागाईँले भने रक्षावन्धन बाँध्न नपाएको गुनासो गरे। उता, जन सम्पर्क समिति बेल्जियका अध्यक्ष सुवाश जोशि र महामन्त्री शालिकराम गौतमले जनै तथा रक्षा धागोले हात सजाए भने निवर्तमान अध्यक्ष गंगाधर गौतम, महासमिति सदस्य इन्द्र पकवान पनि त्यसमा सहभागी बने। जन सम्पर्क समितिमा सक्रिय रहेकी सिता सापकोटाले भने कार्यव्यस्थताका कारण रक्षावन्धन अर्को वर्षलाई थाँति राखेको जानकारी दिइन्। यसैवीच बेल्जियम भ्रमणमा रहेका नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य महादेव गुरुङले पनि रक्षावन्धन ग्रहण गरे। हाम्रो संस्कृति र पहिचान कहिल्यै छोड्न नहुने भन्नै उनले यूरोपमा पनि संस्कृति संरक्षण गर्ने गतिविधिको खुलेर प्रशंसा गरे। जनसम्पर्क समिति ईटालीका अध्यक्ष रमेश लामिछानेले पनि बेल्जियममा रक्षा धारण गर्ने अवसरको सदुपयोग गरे। यसै गरी जन सम्पर्क समितिका संस्थापक अध्यक्ष ध्रुव पौडेल, उल्का घिमिरे पुर्ण तिमिल्सिना लगायतले रक्षावन्धन ग्रहण गरे। राप्रपा नेपालका यूरोप संयोजक सुरेन्द्रमान श्रेष्ठले विहान धागो बाँधेर र बेलुकी नेवारी परम्परा अनुसार क्वाँटि खाएर विदेशमा यो पर्व मनाए। हिन्दू संस्कार र संस्कृतिको रक्षा गर्नु आवश्यक ठान्ने अमात्यले प्रत्येक वर्षजसो धागो वाँध्ने गरेका रहेछन्।

सामाजिक संघका पदाधिकारीहरुले पनि रक्षावन्धनलाई महत्व दिएका छन्। सबैले विश्वास र भक्ति अनुसार मनाएको प्रतिकृया दिएका छन्। राजधानी ब्रसेल्सस्थित नेपालीहरुको संस्था ब्रसेल्स नेपाल मिलन केन्द्रका उपाध्यक्ष ज्याक अमात्य, महासचिव सन्तोष खड्का, संस्थापक अध्यक्ष पारस गौतमले जनै तथा डोरो धारण गरेर यस पर्वको महिमा कायम राखेका छन्। प्रजातन्त्रको चौथो अङ्ग मानिने पत्रकार जगत पनि परम्परको संरक्षण गर्न जागरुक देखियो। एन्टरपेनको कार्यक्रममा पत्रकार महासंघ यूरोप शाखाका केन्द्रीय पार्षदद्वय ओम शर्मा र डिल्ली अम्माईँ सक्रिय रहँदै रक्षा वन्धन ग्रहण गरे। उता पत्रकार महासंघ यूरोप शाखा अध्यक्ष महेश थापाले भने रक्षा वन्धन नै ग्रहण गर्ने समय मिल्न नसके पनि आफ्नै ढंगले यो पर्व मनाए। अर्का पत्रकार दिपकज्योति पौडेलले भने जनै धारण समेत गरे।

अनौपचारिक रुपले भएको कुराकानीमा सवैले यस पर्वलाई संरक्षण गर्नपर्ने जनाए। ‘नेपाल हाउस’ भैदिएको भए दशैं तिहार जस्ता पर्वहरु मनाउने साझा स्थल हुने थियो भन्ने सवैको चाहना देखियो। जे होस्, विस्तारै सानो नेपालको रुपमा विकसित हुँदै गरेको बेल्जियमको नेपाली समुदायमा आफ्नो धर्म-सँस्कृति प्रतिको माया कायम देखिन्छ । यसरी, घरदेशबाट धेरै टाढा रहेर पनि आफ्नो सँस्कृति  रक्षा गर्ने चाहना  हुनु यहाँको नेपाली समाजको एक सकारात्मक पक्ष हो।

-रामहरि शास्त्री