अमेरिकाको बृहद परेडमा नेपाली लोकगीत र नृत्य

Folk program USAदुई लाखभन्दा धेरै अमेरिकन तथा क्यानेडियनहरुको सहभागीतामा सम्पन्न भएको ‘अमेरिकन लोक-पर्व २०१३’ मा नेपालको चन्द्र-सूर्य झण्डा फहराउँदै नेपाली कलाकारहरुले प्रस्तुति देखाएका छन् । अगष्ट २३ देखि २५ सम्म अमेरिकाको पर्यटकीय राज्य मेइनमा चलेको फेस्टिबलमा पुराना लोकगायक प्रेमराजा महतको संयोजकत्वमा ७ जना नेपाली कलाकारहरुले प्रस्तुति देखाए । दौरा-सुरुवाल र गुन्यु-चोलीमा नेपालको झण्डा बोकेर कार्यक्रमस्थलमा उत्रिएका नेपाली कलाकारहरुको प्रस्तुतिबाट अमेरिकन तथा क्यानेडियन दर्शकहरुले रमाउँदै नाचेर साथ दिएका थिए ।
विश्वका १२ देशका लोक कलाकारहरुको सहभागीता रहेको फेस्टीबलमा एशियाबाट नेपाल र चीनको मात्र सहभागीता रहेको थियो । प्रस्तुतिपछि लोकगायक महतले भन्नुभयो, ‘अमेरिकन लोक फेस्टिबलमा नेपालको सहभागीताले नेपालको पर्यटनका साथै साँस्कृतिक पक्षका बारेमा धेरै अमेरिकन तथा क्यानेडियनहरुलाई जानकारी भएको छ ।’
कार्यक्रममा प्रेमराजा महतले ३३ वर्ष पहिला रेर्कड गरेका गीतहरु दर्शकमाझ प्रस्तुत गर्दा सबै गैर नेपालीहरु नाचेको दृश्य निकै रोचक देखिएको थियो । त्यस्तै, अनु श्रेष्ठ वन्त र रञ्जन बुढाथोकीको नृत्यमा दर्शकहरु निकै रमाएको देखिन्थ्यो । फेस्टिबलमा नेपालको तर्फबाट प्रेमराजा महत, अनु वन्त श्रेष्ठ, राज कपुर, रञ्जन बुढाथोकी, मनोज महत, सुशील गौतम र धन गुरुङको प्रस्तुति रहेको थियो । लोकगायक महत मेरिल्याण्ड तथा पेन्सिलभेनियाको लागि नेपाल सरकारको तर्फबाट महावाणिज्यदूत समेत रहनुभएको छ ।