राजेशले विराटनगरकी प्रेमिकासँग छिट्टै बिहे गर्ने

Rajesh Hamalविराटनगरकी एक युवतीसँग लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायक राजेश हमालले अब भने बिहे गर्ने पक्का जस्तै मानिएको छ। उमेर ढल्कँदै गएपछि जीवन-साथीको आवश्यकता महशुश गरेका हमालले बिहेका लागि धेरै समय नकुर्ने बताएका छन्। जुन ९ मा जन्मदिन मनाउने तयारीमा रहेका हमालले सोहि मितिताका नै बिहे गर्ने अड्कल समेत काटिएको छ।