साऊदी अरबका महिलाहरूमा इलेक्ट्रोनिक निगरानी

Saudi-Arabia-is-the-only-country-in-the-world-where-women-are-not-allowed-to-drive-पुरुष अभिभावकको सहमति बिना यात्रा गर्न नपाउने र ड्राइभिङ गर्न प्रतिबन्ध भएको मुलुक  साऊदी अरबमा महिलाहरूमाथि थप निगरानी थपिएको छ । अब साऊदी महिलाले सीमा पार गर्दा एक इलेक्ट्रानिक प्रणालीले मोनीटोरिङ गर्नेछ ।

गत हप्ता आएको यस नियमअनुसार, साऊदी महिलाले आफ्नो देश छोड्दा उनका पुरुष संरक्षक (पिता वा श्रीमान) ले फोनमा सूचना प्राप्त गर्छन् । यतिसम्म की तिनीहरू साथैमा यात्रा गरेको भए पनि ।

“सरकारी अधिकारीहरू महिलाहरूमा नजर राख्नका लागि प्रविधिको उपयोग गरिरहेका छन्” The Raw Story का स्तम्भकार Badriya al-Bishr अति रूढीवादी साउदी सरकारको आलोचना गर्दै भन्छिन्- “महिलाहरूलाई दासतामा राखिएको छ ।”

साउदीका महिलाले अध्यागमन पार गर्नका निम्ति पुरुष अभिभावकको ‘मंजुरी पत्र’ देखाउनु पर्छ, जसलाई ‘yellow sheet’ का रूपमा चिनिन्छ ।

भनिन्छ, साउदी कानूनले महिलाहरूलाई उनीहरूको जिन्दगीभर ‘नाबालक’ जस्तो व्यवहार गर्छ ।