दीर्घायुहरूको टापु

long liveमदिरापान थुप्रैका लागि हानिकारक साबित भएको छ । तर, ग्रिसको इकेरिया द्वीपका ९८ वर्षीय वयोवृद्ध स्टेमेटिस मोइराइटिस भने रक्सी आफ्ना लागि वरदान साबित भएको बताउँछन् । आफैं रक्सी बनाउने उनी नियमित यसको सेवन पनि गर्छन् । ४५ वर्ष पहिले अमेरिकाबाट यो ठाउँ आइपुग्दा उनी क्यान्सरले ग्रस्त थिए । डाक्टरले उनको आयु बढीमा नौ महिना तोकेका थिए । तर, इक्वेरिया द्वीपमा आएर रक्सी खान थालेपछि क्यान्सर ठीक भएको र अहिले यति लामो आयुसम्म आरामको जिन्दगी जिउन सकेको उनलाई लाग्छ ।
त्यसो त इक्वेरियालाई ‘दीर्घायु द्वीप’ पनि भन्ने गरिन्छ । यहाँको हावापानी नै स्वास्थ्यवद्र्धक भएको बताइन्छ । यहाँको ग्रेनाइड पर्वतमालाबाट आउने एक किसिमको रेडिएसन मानवस्वास्थ्यका लागि लाभदायी रहेको अनुसन्धानहरूले प्रस्ट्याएका छन् । एथेन्स विश्वविद्यालयले गरेको एक सर्वेक्षणमा यहाँका कुल आठ हजार जनसंख्याको औसत आयु ६५ वर्ष रहेको पाइयो । यो अन्य युरोपेली मुलुकका मानिसको औसत आयुभन्दा १० वर्षले बढी हो ।

यहाँका प्रति दश व्यक्तिमध्ये ६ जना ९० वर्षका हुने गरेका छन्, अनि शारीरिक रूपले उत्तिकै मजबुत । स्टेमेटिस सुनाउँछन्– ‘म केही वर्ष पहिला अमेरिका पुगेर मेरो रोग जाँच्ने डाक्टरहरूलाई भेट्न खोजेँ, तर उनीहरू पो पहिल्यै दिवंगत भइसकेछन् ।’ इक्वेरियाबासीहरू मासुको बदला सागसब्जी र माछा बढी खान्छन् । मसाला र औषधिका नाममा जंगली वनस्पति, पात तथा काठ अनि खाना बनाउन जैतुनको तेल प्रयोग गर्छन् । चियामा पुदिना, तेजपत्ता हालेर खान्छन् । यहाँ धूमपानको दर पनि निकै कम छ ।