प्रधानमन्त्री कोइरालाले लक्जेम्बर्गका प्रधानमन्त्री र युरोपियन कमिसनका अध्यक्षसँग के भने ?

प्रधानमन्त्री सुशील कोइरालाले आज मंगलबार लक्जेम्बर्गका प्रधानमन्त्री तथा युरोपियन कमिसनका अध्यक्षलाई भेट्नुभयो । कोइरालाले दिउँसो लक्जेम्बर्गका समकक्षी जाभिए बेतेलसँग लक्जेम्बर्ग सिटीस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा नेपाल र लक्जेम्बर्गवीचको द्वीपक्षीय सम्बन्धका विविध पक्षहरुको साथै आपसी चासोका विषयहरुमा विचारको आदानप्रदान भयो । भेटवार्ताको अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल–लक्जेम्बर्ग सम्बन्धको चर्चा गर्दै शिक्षा, स्वास्थ्य तथा पर्यावरण संरक्षणको क्षेत्रमा विभिन्न गैरसरकारी संस्थामार्फत…

Comments Off on प्रधानमन्त्री कोइरालाले लक्जेम्बर्गका प्रधानमन्त्री र युरोपियन कमिसनका अध्यक्षसँग के भने ?

प्रधानमन्त्री कोइरालाले भेटे इ.यु. का अध्यक्षलाई

संयुक्त राष्ट्रसङ्घको महासभामा भागलिएपछि आज बिहान बेल्जियम आइपुगेका प्रधानमन्त्री सुशील कोइरालाले युरोपेली काउन्सीलका अध्यक्ष हर्मन भान रोम्पोइसंग आजै दिउँसो शिष्टाचार भेट गरे । भेटका अवसरमा यूरोपियन युनियन र नेपालको द्वीपक्षीय हितका बारेमा छलफल भएको थियो । आजै प्रधानमन्त्री सुशील कोइरालाले युरोपेली मुलुकका नेपाली राजदुतहरुलाई निर्देशन दिए । निर्देशन दिने क्रममा गैर आवशीय नेपालीहरुलाई मुलुक निर्माणमा सहभागी गराउन आर्थिक कुटनीति प्रभावकारी…

Comments Off on प्रधानमन्त्री कोइरालाले भेटे इ.यु. का अध्यक्षलाई

इराकमा बेल्जियमले पठायो फाइटर प्लेन

इस्लामिक राज्यका निम्ति लडीरहेका जिहादीहरू (IS) का विरूद्ध लड्न बेल्जियमले इराकमा फाइटर प्लेन पठाएको छ । संसदको तल्लो सभाले अनुमति दिएपछि आज शनीवार बेल्जियमका ६ वटा F-16  फाइटर प्लेन मध्यपूर्वतर्फ उडेका छन् । बेल्जियन फाइटर प्लेनहरू अमेरीकी नेतृत्वमा IS जिहादीहरूविरूद्भ इराकको आकासमा परिचालित हुनेछन् ।

Comments Off on इराकमा बेल्जियमले पठायो फाइटर प्लेन

ब्रसेल्सबाट ड्राइभिङ लाइसेन्स लिनेलाई नयाँ नियम

ब्रसेल्सबाट ड्राइभिङ लाइसेन्स लिँदै हुनुहुन्छ भने अब नयाँ खालको तयारी गर्नुपर्ने भएको छ । यसअघि पुरै बेल्जियममा एकै खालको सैद्धान्तिक प्रश्नहरू सोधिन्थ्यो । अब ब्रसेल्स क्षेत्रबाट जाँच दिँदा नयाँ खालका प्रश्नहरू सामना गर्नुपर्नेछ । पहिले बेल्जियमको देशभरिका प्रश्नहरू सँघीय रूपमा बनाइने गरेकोमा पछिल्लो पटकको राज्य पुर्संरचनामा क्षेत्रिय कम्युनिटीलाइ यो अधिकार प्रत्यायोजित गरेपछि ब्रसेल्स क्षेत्रले नयाँ प्रश्नहरू थपेको यहाँको स्थानीय सरकारको…

Comments Off on ब्रसेल्सबाट ड्राइभिङ लाइसेन्स लिनेलाई नयाँ नियम

बेल्जियम : संसार कै तेस्रो धनी देश

प्रति व्यक्ति आर्थिक सम्पत्तिका हिसाबले बेल्जियम संसार कै तेस्रो धनी देश बनेको छ । जर्मन इन्सुरेन्स कम्पनी अलियान्जले सार्वजनिक गरेको ‘ग्लोबल वेल्थ रिपोर्ट’ का अनुसार प्रत्येक नागरिकको सम्पत्तिका हिसाबले नर्वेका जनता सबैभन्दा धनी छन् भने यु.एस.ए. दोस्रो स्थानमा रहेको छ । त्यस्तै चौथो स्थानमा नेदरल्याण्डस्, पाँचौँमा जापान, छैटौँ स्वेडेन, सातौँ ताइवान, आठौँ क्यानडा, नवौँ सिंगापुर र दसौँ स्थानमा यु.के. रहेका…

Comments Off on बेल्जियम : संसार कै तेस्रो धनी देश

प्रधानमन्त्री शुशील कोइराला बेल्जियम भ्रमणमा आउँदै

प्रधानमन्त्री शुशील कोइराला सेप्टेम्बरको अन्तमा ब्रसेल्स भ्रमणमा आउने भएका छन् । सँयुक्त राष्ट्र सँघको महासभामा भाग लिएपछि फर्कने क्रममा युरोपेली सँघको राजधानी ब्रसेल्समा आउने कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री कार्यालय र ब्रसेल्सस्थित नेपाली राजदूतावास जुटीरहेका छन् । सेप्टेम्बर २९ मा आएर प्रधानमन्त्री अक्टोबर १ मा फर्कनेछन् । ब्रसेल्समा प्रधानमन्त्री शुशील कोइरालाको युरोपेली सँघका अध्यक्ष हर्मन भान रोम्पोइसँग भेटवार्ता गर्ने कार्यक्रम बनेको…

Comments Off on प्रधानमन्त्री शुशील कोइराला बेल्जियम भ्रमणमा आउँदै

बेल्जियमको आमनिर्वाचनमा नेपाली उमेदवारको वास्तविक परिणाम

हिजो सम्पन्न बेल्जियमको संघीय र प्रान्तीय निर्वाचनमा भाग लिएका नेपाली उमेदवारहरूले खासै सफलता प्राप्त गर्न नसकेता पनि स्थानीय राजनीतिमा आफ्नो जग बसाएका छन् । वेल्जियमको संसदीय निर्वाचनमा नेपाली मूलका तीन उमेद्वार थिए । त्यसमा एक जना फेडेरल सँसदका लागि मैदानमा थिए भने दुई उमेदवारहरू फ्लेमिश संसदका निम्ति चुनावी दौडमा थिए । संघीय संसदको उमेद्वार रहेका फ्लेमिश ग्रोनका (ग्रीन पार्टी) खड्गवहादुर…

Comments Off on बेल्जियमको आमनिर्वाचनमा नेपाली उमेदवारको वास्तविक परिणाम