बेल्जियम : संसार कै तेस्रो धनी देश

प्रति व्यक्ति आर्थिक सम्पत्तिका हिसाबले बेल्जियम संसार कै तेस्रो धनी देश बनेको छ ।

Grand-place_brussels_belgiumजर्मन इन्सुरेन्स कम्पनी अलियान्जले सार्वजनिक गरेको ‘ग्लोबल वेल्थ रिपोर्ट’ का अनुसार प्रत्येक नागरिकको सम्पत्तिका हिसाबले नर्वेका जनता सबैभन्दा धनी छन् भने यु.एस.ए. दोस्रो स्थानमा रहेको छ । त्यस्तै चौथो स्थानमा नेदरल्याण्डस्, पाँचौँमा जापान, छैटौँ स्वेडेन, सातौँ ताइवान, आठौँ क्यानडा, नवौँ सिंगापुर र दसौँ स्थानमा यु.के. रहेका छन् ।
रिपोर्टअनुसार बेल्जियम युरोप मै अत्यन्त कम ऋण भएको देशमा पर्छ भने बचतका हिसाबले उच्च दरमा रहेको छ ।