ब्रसेल्सबाट ड्राइभिङ लाइसेन्स लिनेलाई नयाँ नियम

ब्रसेल्सबाट ड्राइभिङ लाइसेन्स लिँदै हुनुहुन्छ भने अब नयाँ खालको तयारी गर्नुपर्ने भएको छ । यसअघि पुरै बेल्जियममा एकै खालको सैद्धान्तिक प्रश्नहरू सोधिन्थ्यो । अब ब्रसेल्स क्षेत्रबाट जाँच दिँदा नयाँ खालका प्रश्नहरू सामना गर्नुपर्नेछ ।

Belgian driving licenseपहिले बेल्जियमको देशभरिका प्रश्नहरू सँघीय रूपमा बनाइने गरेकोमा पछिल्लो पटकको राज्य पुर्संरचनामा क्षेत्रिय कम्युनिटीलाइ यो अधिकार प्रत्यायोजित गरेपछि ब्रसेल्स क्षेत्रले नयाँ प्रश्नहरू थपेको यहाँको स्थानीय सरकारको सचिवले बताएकी छन् । यस्ता नयाँ प्रश्नहरूमा ठूला सहरहरूमा सामना गर्नुपर्ने ट्राफिक खतरासम्बन्धीत प्रश्नहरू थपिएको बताइएको छ ।