तिम्रो लोग्ने खै ?
कथा ♦ पंचम अधिकारी♦ दक्षिणी ब्रसेल्सको त्यो पार्कमा जाँदा सुनिता सुर्ताले सिट्ठी थिई । त्यही पार्क, जसले उसको दिमागमा धपेडीको घण्टी बजाइरहन्छ । पोखरीको पल्लोपट्टिको व्यस्त पाटोले कहिल्यै आकर्षण गरेन । वल्लोपट्टिको त्यो ठिंग रूखको सामुन्नेको एकांकी सिट सुनिताको अभ्यस्त ठाउँ हो । आज त्यहाँ अर्कै युवती बसिरहेकी छे । देख्दैमा थाहा हुन्छ- ऊ बेबी-सिटर हो । नजिकै उभिएको केटो…