थाइल्याण्डमा एक नेपालीद्वारा आत्महत्या

नेपालको बाग्लुंग स्थाई घर भै बिगत १५ बर्ष देखि थाइल्याण्डमा ब्यबसाय संचालन गर्दै आएका दिल बहादुर थापाले आत्महत्या गरेका छन् | दुई सन्तानका पिता समेत रहेका थापाले शौचालयमा पासो लगाएर आत्महत्या गरेका थिए| थाई महिला सग बसोवास गर्दै आईरहेका थापाको केहि समय यता श्रीमती सग सम्वन्ध बिग्रेको थियो| नेपाली समुदायमा राम्रो छवी बनाएका थापा एनआरएन थाईल्याण्डको बहालवाला उपाध्यक्ष समेत हुन्…

Comments Off on थाइल्याण्डमा एक नेपालीद्वारा आत्महत्या

अपहरण गरेर हत्या गरिएका व्यापारी मित्तलको शव फेला

कपिलवस्तुमा दुई महिना अघि अपहरणमा परेका कृष्णनगर नगरपालिका–४ का व्यापारी श्यामसुन्दर मित्तलको शव प्रहरीले फेला पारेको छ । गत साउन २८ गते अपहरणमा परेका मित्तलको शव आज कपिलवस्तु नगरपालिका–५ जमुवार टोलस्थित ज्ञानचन्द्र कसौधनको सेफ्टी ट्याङ्कीबाट निकालिएको हो । साउन २८ गते घरबाट चन्द्रौटा हँुदै तौलिहवातर्फ लागेका मित्तलको सोही दिन नै अपहरण भएको परिवारले जनाएको थियो । मित्तल अपहरण घटनामा फितलो…

Comments Off on अपहरण गरेर हत्या गरिएका व्यापारी मित्तलको शव फेला

भारतीय सिमा सुरक्षा बल(एसएसबी)द्वारा नेपाली महिला पक्राउ

रोल्पा इरिबाङ्गका यकली पुनमगर र धनकुमारी पुनमगरलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चरेस ओसारपसार अभियोगमा पक्राउ गरेको छ| सुदूरपश्चिमको नेपाल–भारत नाका गड्डाचौकी सीमा नाका छलेर जिमुवाको बाटो हुदै भारत गइरहेको बेला दुवै जनालाई पक्राउ गरेको एसएसबीले जनाएको छ | महाकाली नदीको शारदा ब्यारेज नजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ती दुवैबाट १५ किलो ९८० ग्राम चरेस बरामत गरेको छ| जिल्ला…

Comments Off on भारतीय सिमा सुरक्षा बल(एसएसबी)द्वारा नेपाली महिला पक्राउ

युवतीको जवानीसंग खेल्दै, रकम असुल्दै

कतिपय यौन पिपाशु पुरुषहरु युवतीहरुको जवानी संग खेल्नका लागि सम्पत्ती उडाउने गरेको सुनिन्छ । त्यस्तै कतिपय महिलाहरु धन आर्जनका लागि देह व्यापार गर्ने गरेको पनि पाईन्छ । पुरुषहरुले भने धन आर्जनका लागि युवतीहरु संग शारीरिक सम्वन्ध राख्ने गरेको विरलै सुन्न सकिन्छ । तर यहाँका एक युवाले मायाँ प्रेमको ढोंग रच्दै युवतीको जवानी संग खेल्दै लाखौं रकम अशुली गर्ने गरेको खुलासा…

Comments Off on युवतीको जवानीसंग खेल्दै, रकम असुल्दै

ई.यु. मुख्यालयमा जिहादी आक्रमणको योजनाबारे खुलासा

बेल्जियमको ब्रसेल्स स्थित युरोपियन कमिसनको कार्यालयमा जिहादी आक्रमणको योजना बनाएका दुई जना पक्राउ परेका छन| डच ब्रोडकाष्टर एनओएसका अनुसार उनीहरु शंकाको आधारमा एक महिना पहिले पक्राउ परेका थिए| बेल्जियमका सुरक्षा अधिकारीले अन्य जिहादीहरु पनि संलग्न हुन सक्ने भनी खोजी कार्य शुरु गरेको छ| बेल्जियन न्यायिक अधिकारीका अनुसार नेदरल्याण्डको हेगबाट पक्राउ परेका उनीहरु टर्कीस मूलका एक पुरुष र एक महिला रहेका…

Comments Off on ई.यु. मुख्यालयमा जिहादी आक्रमणको योजनाबारे खुलासा

बाछीलाई करणी गरेको आरोपमा प्रहरी जवान हिरासतमा

इलाममा कार्यरत एक प्रहरी जवान गाईको बाछीलाई करणी गरेको आरोपमा पक्राउ परेका छन् । ड्युटीमा रहेकै वखत सदरमुकामको माईस्थान मन्दिर हाताभित्र रहेको बाच्छीलाई करणी गरेको अवस्थामा मन्दिरका पुजारी र अन्यले देखेपछि जिल्ला प्रहरी कार्यालयमा कार्यरत ती प्रहरी जवानविरुद्ध उजुरी परेको थियो । घटनापछि होहल्ला हुँदा भागेका आरोपित प्रहरी जवान रामनरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो । घटना अनुसार साउन ३१…

Comments Off on बाछीलाई करणी गरेको आरोपमा प्रहरी जवान हिरासतमा

अश्लील एस.एम.एस. पठाउने पक्राउ

अश्लील एसएमएस पठाउने एक व्यक्ति यहाँ विराटनगरमा पक्राउ परेका छन् । विराटनगर–५ बस्ने ३१ वर्षीय चन्द्रकुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोबाइलबाट उनले महिलालाई विभिन्न अश्लील एसएमएस पठाएको आरोपमा पक्राउ गरिएको हो ।

Comments Off on अश्लील एस.एम.एस. पठाउने पक्राउ

बच्चासँग अप्राकृतिक मैथुन गर्ने पर्यटक पक्राउ

पोखरा घुम्न आएका फ्रान्सेली नागरिक क्रिस्टोफर रोबर्ट ओलिभरलाई १४ वर्षीय एक बालकसँग अप्राकृतिक मैथुन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । अभियुक्तले ती बालकलाई विभिन्न प्रलोभन देखाई आफ्नो कोठामा बोलाएर अप्राकृतिक मैथुन गरेको प्रहरीले जनाएको छ । अभियुक्तले यसअघि पनि यस्ता क्रियाकलाप गर्दै आएको उनले आफ्नो बयानमा उल्लेख गरेका छ ।

Comments Off on बच्चासँग अप्राकृतिक मैथुन गर्ने पर्यटक पक्राउ