बंगलादेशका दुई नेतालाई झुण्ड्याइने
बङ्गलादेशका दुईजना विपक्षी नेतालाई केही दिनभित्र झुण्ड्याइने भएको छ । शुक्रवार कानुन तथा न्यायमन्त्री अनिसुल हकले उक्त जानकारी गराएका थिए ।उनका अनुसार दुई जना वरिष्ठ विपक्षी नेतालाई यसअघि युद्धअपराधसम्बन्धी अदालतले दिएको मृत्युदण्डको सजायसम्बन्धी अपिललाई सर्वोच्च अदालतले पनि सदर गरिदिएपछि मृत्युदण्ड दिइने भएको हो । सर्वोच्च अदालतले बुधबार दिएको फैसलामा उनीहरुको मृत्युदण्डको सजायलाई सदर गरिदिएको हो जसका कारण अब उनीहरुलाई झुण्ड्याइने निश्चित्…