युवतीको जवानीसंग खेल्दै, रकम असुल्दै

कतिपय यौन पिपाशु पुरुषहरु युवतीहरुको जवानी संग खेल्नका लागि सम्पत्ती उडाउने गरेको सुनिन्छ । त्यस्तै कतिपय महिलाहरु धन आर्जनका लागि देह व्यापार गर्ने गरेको पनि पाईन्छ । पुरुषहरुले भने धन आर्जनका लागि युवतीहरु संग शारीरिक सम्वन्ध राख्ने गरेको विरलै सुन्न सकिन्छ । तर यहाँका एक युवाले मायाँ प्रेमको ढोंग रच्दै युवतीको जवानी संग खेल्दै लाखौं रकम अशुली गर्ने गरेको खुलासा भएको छ ।

molestगुल्मी क्षेत्र नम्वर १ को विशुखर्क गाविस वडा नम्वर ६ का धर्म परियार भन्ने श्याम दर्जीले त्यसो गर्ने गरेको खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताए । निजले तुराङ्गकी २२ वर्षिया प्रविणा थापा ( नाम परिवर्तन) लाई गत एक वर्ष देखि प्रेम जालमा पारेर ठगी गरेको पीडितले उजुरी दिए पछि निजलाई पक्राउ गरी हिरासतमा लिएको उनले जानकारी दिए । आफ्नो जात क्षेत्री हो भन्दै ढाँटेर थापा संग दर्जीले मायाँ प्रेमको ढोग रचेर एक वर्ष भित्रमा विवाह गर्छु भन्दै पटक पटक गरी उनले ४ लाख १० हजार उनिबाट अशुलेको प्रहरी प्रमुख श्रेष्ठ बताउँ छन् ।

उनको नागरिकतामा वास्तविक नाम रहेको छ– श्याम दर्जी । उनले आफुलाई धर्म परियारका रुपमा परिचय दिने गरेका थिए तर पछिल्लो चरण उनि दर्जी , परियार हुँदै विज्ञान के.सी. परिचय दिएर थापाकी छोरी प्रविणासंग विवाह गर्ने प्रलोभन देखाएर उक्त रकम ठगेको पाईएको प्रहरी प्रमुख श्रेष्ठले बताए ।

उनी गत बैशाख महिनामा कतार उडे । कतारमा कहिले सर्पले टोक्यो भन्दै त कहिले अष्ट्रेलियाको भिषा लागेको छ भन्दै प्रेमीकालाई फोन गरेर पैसा मगाउन थाले । यता प्रविणालाई घरमा विवाहका लागि केटा माग्न आए । यो कुरा प्रविणाले कतारमा रहेका उनै प्रेमीलाई जानकारी गराईन् । दर्जिले तिमी विना बाँच्न सक्दीँन, यदि तिमीले अन्यत्र विवाह ग¥यौं भने तिमीहरु दुवै जनालाई मारी दिन्छु भने पछि उनले विवाह गर्न सकिनन् । त्यस लगत्तै दर्जी कतारबाट फर्किए ।

अष्ट्रेलिया जानका लागि भिषा तयार भयो पैसा ल्याई काठमाडौ आउ भनेर बालाए । वावु संग १ लाख १० हजार मागेर प्रविणा काठमाण्डौ गईन् । त्यहाँ उनि केहि दिन वसेर जवानी र पैसा दुवै लुटाईन् । पछि उनिहरु तम्घास आएर कोठामा वसे । उता प्रविणा संग छलेर घर गएका दर्जिले श्रीमति संग प्रविणा विचको सम्वन्ध सवै बताए । त्यो कुरा उनकी श्रीमतिले तुराङ्गस्थित प्रविणाका वावुसंग बताइन् । वावु सहित स–परिवारमा पीडा भयो ।

वावुले उनि दर्जी भएको र विवाहित पुरुष रहेको कुरा छोरी संग बताए पछि प्रविणा छाँगाबाट खसे जस्तो भईन् । अझै पनि उनले होईन हामीलाई छुटाउनका लागि झुटो कुरा गरेका हुन् भन्दै प्रविणालाई छल्ने कोशिस गरे । आफ्नो असलियत खुल्ने डरले केही काम परेको छ भन्दै कोठाबाट हिडेका दर्जी गायव भए । यी सवै कुराहरु यहाँ स्थित रेडियो कार्यक्रम ओझेलका खवरमा प्रविणाले व्यक्त गरेकी छन् ।

उनि संग विवाह सम्वन्ध हुने भने पछि हुनेवाला ज्वाईको भविश्यका लागि प्रविणाका वावुले छोरीले भनेको रकम पटक पटक खोज्दै दिदै गरेको बताईएको छ । अविवाहित हुँ भनेर ढाँटेका दर्जिको घरमा श्रीमति र छोरा छोरी समेत भएको प्रविणालाई पछि मात्र थाह भयो । उनले विशुखकर्मा पुर्खेयौली घर मात्र भएको र वुटवलमा पक्की घर भएको भनेर समेत ढाँटेको प्रविणाले बताईन् ।

उनि विरुद्ध ठगी मुद्धा अदालतमा दायर गरिएको प्रहरी प्रमुख श्रेष्ठले बताए । उनि हेर्दा निकै आकर्षक युवा देखिन्छन् । उनको लवाई खुवाई पनि फिल्मी हिरोको जस्तै रहेको छ । झट्ट हेर्दा उनलाई युवतीहरुले विवाहित पुरुष होला भनेर अनुमान गर्न सक्दैनन् । उनि वौद्धिक र खानदानी परिवारका जस्तै देखिन्छन् ।

यस्तो वाहिरी देखावटीका पछाडी लाग्ने प्रविणा जस्ता थुप्रै युवतीहरु यसरी पीडित हुँदै आएका छन् । यसर्थ तपाई पनि विपरित लिङ्गको पारिवारिक पृष्ठभुमी, उसको वानी व्यवहार र आचरण राम्ररी नवुझी अन्धो प्रेममा नफस्नुहोस् भनेर आम महिलाहरुलाई सुझाव दिन्छन् प्रहरी प्रमुख श्रेष्ठ । उनको यो सुझावलाई गम्भीर भएर सवैले ग्रहण गर्ने कि ?
– प्रेम सुनार/धाैलाश्री