बेल्जियममा दसैँ मनाइयो(फोटो फिचर )

बेल्जियममा रहेका नेपालीहरुले बडा दसै धुमधामका साथ मनाएका छ  । मान्यजन र आफन्तबाट टिका ग्रहण, भेटघाट एंव खापपिन गर्नुका विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर दसैँ मनाएका छन । दसैँको अवसरमा नेपाल ब्रसेस्ल मिलन केन्द्रले स्थानीय कलाकारहरुको सायोगामा गत ८ अक्टोवरमा एक  सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो । नेपाल ब्रसेस्ल मिलन केन्द्रको दसैँ कार्यक्रम  त्यसै गरी चितवन सहायता समाज बेल्जियमले बेल्जियमको…

Comments Off on बेल्जियममा दसैँ मनाइयो(फोटो फिचर )

चितवन सहायता कोष बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न

चितवन जिल्लाबाट बेल्जियम आइ बसोवास गर्ने नेपालीहरुले चितवनको शिक्षा,स्वास्थ्यका साथै अन्य आपतकालीन र भैपरी आउने समस्यामा सहयोग गर्ने उद्वेश्यले स्थापना गरिएको चितवन सहायता कोष बेल्जियमको ११ औ वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । बेल्जियमको अन्त्वेर्पेंन स्थित नेशनल होटलमा आयोजना गरिएको कार्यक्रममा सस्थाका वार्षिक गतिविधिहरु प्रस्तुत गरिएको थियो  । विजयादशमीको शुभकामना आदानप्रदान गरिएको कार्यक्रमका प्रमुख अतिथि बेनेलक्स एंव युरोपियन युनियनका…

Comments Off on चितवन सहायता कोष बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न

समावेशी दशैँ

विनायकप्रसाद धिताल दशैँ हिन्दूको मात्रै नभएर सम्पूर्ण नेपालीको चाड भएकोले यसलाई राष्ट्रिय पर्वका रूपमा मनाइन्छ । दशैँको धार्मिक तथा आध्यात्मिक पृष्ठभूमिमा शक्तिरूपा देवीको उपासना र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयघोषको पौराणिक वर्णन पाइन्छ । यही पौराणिक आधारलाई लिएर नौ दिनसम्म हिन्दू धर्मावलम्बीका घर, शक्ति पीठहरूमा नवदुर्गा देवीको पूजा अर्चना गरिन्छ । घटस्थापनादेखि क्रमशः शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री,…

Comments Off on समावेशी दशैँ

आज महानवमी पर्व मनाइदै

आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र…

Comments Off on आज महानवमी पर्व मनाइदै

प्रधानमन्त्री दाहालद्वारा गोरखाको लाप्राकस्थित नमुना बस्तीको शिलान्यास

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पुनःनिर्माणको जिम्मा लिएको गोर्खाको गुप्सीपाखास्थित लाप्राक नमुना बस्तीको प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार एक समारोहबीच शिलान्यास गरि पुनःनिर्माण अभियानको सुरुवात गरेका छन् । सो अबसरमा प्रधानमन्त्री दाहालले पुनःनिर्माणलाई सरकारले बिशेष प्राथमिकतामा राखेको बताउँदै यस कार्यमा सबैको सहयोग र समन्वय आवश्यक रहेको बताए । भूकम्पले सिङ्गो गाउँ ध्वस्त भएपछि लाप्राकीहरु गुप्सीपाखा जङ्गलको जग्गामा अस्थायी टहरा बनाएर बस्दै आएका…

Comments Off on प्रधानमन्त्री दाहालद्वारा गोरखाको लाप्राकस्थित नमुना बस्तीको शिलान्यास

बेल्जियमको ब्रुजमा दीपावली फेस्टिबलको आयोजना

नेपालको पर्यटन प्रवर्द्वनको मुख्य उद्धेश्य लिएर बेल्जीयमको पर्यटकीय सहर ब्रुजमा यहि अक्टोवर ३१ मा दीपावली महोत्वसको आयोजना गरिएको छ । कार्यक्रममा स्थानिय शहरका मेयर, उपमेयर लगाएत बिभिन्न राजनैतिक पार्टीहरुका प्रतिनिधि लगायत नेपालमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउने नागरिकहरु उपस्थित हुनेछन् । कार्यक्रमबाट उठेको सहयोग रकमबाट दुईजना बेल्जियमन नागरिकलाई छनोट गरि नेपाल पठाउने र नेपालको एक स्कुल बनाउन सहयोग गर्ने योजना रहेको आयोजकले…

Comments Off on बेल्जियमको ब्रुजमा दीपावली फेस्टिबलको आयोजना

पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेस राष्ट्रसङ्घको महासचिवमा

पोर्चुगलका पूर्व प्रधानमन्त्री  ६६ वर्षीय एन्टोनीयो गुटेर्रेस संयुक्त राष्ट्र सङ्घको महासचिवका लागि  छानिएका छन ।बुधवार सुरक्षा परिषद्को बैठकले उनलाई छनौट गरेको थियो । वर्तमान महाचिव बान की मुनको कार्यकाल यही डिसेम्बर ३१ मा सकिएपछि सन् २०१७ जनवरी एकदेखि गुटेर्रेसले महासचिवको जिम्मेवारी समाल्नेछन । सन् १९९५ मा पोर्चुगलको प्रधानमन्त्री भएका गुटेर्रेसले यसअघि राष्ट्रसङ्घ शरणार्थी आयोगको प्रमुखको जिम्मेवारी पनि निभाएका थिए ।

Comments Off on पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेस राष्ट्रसङ्घको महासचिवमा

प्रवासी नेपाली एकता समाज युरोपको गठन

युरोपका विभिन्न मुलुकहरुमा छरिएर रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट नेपालीलाई संगठित गर्ने उदेश्यले प्रवासी नेपाली एकता समाज युरोप शाखा गठन गरिएको छ ।  सुरेन्द्रमान अमात्यको अध्यक्षतामा गठित २३ सदस्यीय तदर्थ समितिका उपाध्यक्षमा गौरब न्यौपाने (पोर्तुगल), रोशन सापकोटा (युके), महामन्त्रीमा बिक्रम बानियॉ ( नेदरल्याण्डस ), सहमहामन्त्रीमा विजय शाही (जर्मनी), उपमहामन्त्रीमा भूपाल कार्की (स्कटल्याण्ड ), कोषाध्यक्षमा नरेश कठायत (डेनमार्क), सहकोषाध्यक्ष हरी…

Comments Off on प्रवासी नेपाली एकता समाज युरोपको गठन

दसैँअगाडि नै संशोधन प्रस्ताव अघि बढ्ने

संविधानमा असन्तुष्टि जनाउँदै आएका तराई–मधेस केन्द्रितको माग सम्बोधन गर्न सरकारले शीघ्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरामा आज भएको मधेसी मोर्चासँगको बैठकमा सरकार र मोर्चाका नेता संविधान संशोधनको प्रक्रिया चाँडो अगाडि बढाउन सहमत भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित मधेसी मोर्चाका नेताको बैठकले दसैँअगाडि नै संशोधनको प्रस्ताव अगाडि…

Comments Off on दसैँअगाडि नै संशोधन प्रस्ताव अघि बढ्ने

भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा

भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ ।योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना जागृत गर्ने उद्देश्यले योग जिल्ला समन्वय समितिले सोमवार आयोजना गरेको घोषणासभामा योग  वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले भक्तपुरलाई योग जिल्ला घोषणा गरेका हुन् । कार्यक्रममा वक्ताहरुले योग मानव जीवन र स्वास्थ्यसँग जोडिएको योगलाई मानवका दैनिक गतिविधिसँग जोड्नुपर्ने बताए। योगको क्षेत्रमा कार्यरत पतञ्जली योग…

Comments Off on भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा

‘सुर्के थैली खै’लाइ पब्लिक च्वाइस अवार्ड

१८औँ इमेज अवार्डमा चलचित्र ‘वडा नम्बर छ’को ‘सुर्के थैली खै’ बोलको गीतले ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ ।शनिबार  सम्पन्न अवार्ड कार्यक्रममा उक्त गीतलाई जनताले दिएको एसएमएस मतका आधारमा विजेता चयन गरिएको हो । नेपाली साङ्गीतिक क्षेत्रको महोत्सवका रुपमा लिइने इमेज अवार्डमा यस वर्षको सर्वोत्कृष्ट पुरुष गायनको उपाधि ‘धोका दिने’ गीतबाट गायक मनोज राज तथा महिला गायनको उपाधि ‘आकाश उही’बाट बानिका…

Comments Off on ‘सुर्के थैली खै’लाइ पब्लिक च्वाइस अवार्ड

बेल्जियमका लागि राजदूत नियुक्त

बेल्जियमका लागि नेपाली राजदूतमा लोकबाहादुर थापा नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विभागका महानिर्देशक लोकबहादुर थापालाई सोमवार बेल्जियमको लागि नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन । बेनेलक्स अर्थात बेल्जियम, लक्जेम्बर्ग र नेदरल्याण्डसका साथै युरोपियन महासंघ (ईयू) समेत हेर्ने हुनाले बेल्जियमको राजदूत पदलाई निकै महत्वपूर्ण रुपमा हेरिन्छ ।  कार्यबाहक…

Comments Off on बेल्जियमका लागि राजदूत नियुक्त

बेल्जियममा भाषा स्कुलका विद्यार्थीसंग मनाइयो मोती जयन्ती

युवा कवि मोतीराम भट्टको नेपाली साहित्यमा रहेको योगदानको  स्मरण गर्दै बेल्जियममा  १५१ औ मोती जयन्ती मनाइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमद्वारा शनिबार बेल्जियमको अन्त्वेर्पेंन स्थित होटल नेशनलमा आयोजना गरिएको कार्यक्रममा कविहरुले मोतीको सम्झनामा कविता वाचन गरेका थिए । बेल्जियमको अन्त्वेर्पेंन स्थित ‘नेपाली भाषा र सृजनात्मक कक्षा’ मा अध्ययनरत नेपाली विधार्थीहरु माझ कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ८…

Comments Off on बेल्जियममा भाषा स्कुलका विद्यार्थीसंग मनाइयो मोती जयन्ती

बेल्जियमको आन्त्वेर्पेंनमा साहित्यिक कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १५१ औ जन्मजयन्तीको अवसरमा  बेल्जियमको अन्त्वेर्पेंनमा एक साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम यहि सेप्टेम्वर १७ मा होटल नेशनलमा हुदैछ ।  शनिवार दिनको २.३० बाट शुरु हुने उक्त कार्यक्रममा  बेल्जियम स्थित  बिभिन्न संघ सस्थाका प्रतिनिधिका साथै सम्पूर्ण साहित्य अनुरागीहरुमा उपस्थितिको लागि अनेसास बेल्जियमले अनुरोध गरेको छ । कार्यक्रममा नेपाली…

Comments Off on बेल्जियमको आन्त्वेर्पेंनमा साहित्यिक कार्यक्रमको आयोजना

एनआरएनए बेल्जियमको साधारणसभा अक्टोबरमा हुदै

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको बार्षिक साधारण बेल्जियमको लुभेनमा हुने भएको छ ।   आउदो अक्टोवर २३ मा आयोजना गरिएको उक्त साधारणसभामा सहभागिताको लागि संघले बेल्जियमस्थित स्थित सम्पूर्ण नेपाली संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार, साधारण तथा पंजीकृत सदस्यहरु, अन्तराष्ट्रीय समन्वय परिषदका पदाधिकारी लगाएत कार्यसमिति सदस्य एवं सल्लाहकारहरुका साथै सम्पूर्ण नेपालीलाइ  अनुरोध गरेको छ ।

Comments Off on एनआरएनए बेल्जियमको साधारणसभा अक्टोबरमा हुदै