चितवन सहायता कोष बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न

catचितवन जिल्लाबाट बेल्जियम आइ बसोवास गर्ने नेपालीहरुले चितवनको शिक्षा,स्वास्थ्यका साथै अन्य आपतकालीन र भैपरी आउने समस्यामा सहयोग गर्ने उद्वेश्यले स्थापना गरिएको चितवन सहायता कोष बेल्जियमको ११ औ वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ ।

बेल्जियमको अन्त्वेर्पेंन स्थित नेशनल होटलमा आयोजना गरिएको कार्यक्रममा सस्थाका वार्षिक गतिविधिहरु प्रस्तुत गरिएको थियो  । विजयादशमीको शुभकामना आदानप्रदान गरिएको कार्यक्रमका प्रमुख अतिथि बेनेलक्स एंव युरोपियन युनियनका लागि कार्यवाहक राजदूत घनश्याम भण्डारीले प्रवासमा रहेर पनि नेपालको चिन्ता र सहयोग गर्ने भावाना जोडिनु नै नेपालीपन भएको बताउदै भने ‘पैसा दिएर कसैको दुख जादैन, तर त्यस भित्र आत्मितया रहन्छ।’ परोपकारी कार्यलाई पैसाको मात्रा संग तुलना गर्न नमिल्ले बताउदै उनले थपे ‘परोपकारी कार्यमा मात्रा जोडिदैन मन जोडिन्छ’ सास्कृतिक पर्वहरुले नेपालीहरुलाई एकै ठाउमा जोडेको उल्लेख गर्दै उनले विजयादशमीले पनि नेपालीहरुलाई जोडेको बताए ।

कार्यक्रममा अर्का अतिथि एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमले विजयादशमीको शुभकामना दिदै प्रवासमा नेपालीहरुका सुख दुखमा एनआरएनले सधै साथ दिने बताए । सस्थापक अध्यक्ष सीता सापकोटाले सस्थाले हाल सम्म गरेका गतिबिधि देखेर खुशी लागेको बताइन । त्यसै गरि निवर्तमान अध्यक्ष पार्वती अधिकारीले परोपकारी कार्य गरेर कहिल्यै नसकिने बताइन ।

बेल्जियमका लागि पर्यटन दुत शिवकुमार बडुवाल, जनप्रगतिशील मोर्चाका प्रेम पाठक, नेपाली प्रवासी मंचका महासचिव चन्द्र शर्मा, नेपाली जनसम्पर्क समितिका अध्यक्ष सुवास जोशी, उपाध्यक्ष एकेन्द्र श्रेष्ठ, एनआरएन आइसीसी सदस्य जानकी गुरुङले शुभकामना दिएका थिए ।

कार्यक्रममा एनआरएन महिला सह संयोजक रजनी प्रधान, एनआरएन आइसीसी सदस्य नेत्र मगर, अनेसास बेल्जियमका अध्यक्ष दीपकज्योति पौडेल, नवलपरासी सहायता समाजका अध्यक्ष रमेश सापकोटा, तामांग समाजका बाबुराजा लामा,तमु समाजका दुर्गा गुरुङ उपस्थित थिए ।

कार्यक्रममा कोष बृद्वी गर्न सहयोग गर्ने प्रभा न्यौपानेका साथै नेपालबाट बेल्जियम भ्रमणमा रहेका केहि व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । ४४  लाख ५० हजार भन्दा बढीको परोपकारी अक्षयकोष स्थापना गरेको सस्थाले विगत सात बर्ष देखि थालेसेमिया रोगबाट पिडितलाइ भरतपुर अस्पताल चितवन संगको सहकार्यमा उपचार गराउन सहयोग गरिरहेको छ भने चितवनका विभिन्न ठाउमा निशुल्क स्वास्थ्य सेवा प्रदान समेत गर्दै आइरहेको छ  ।

भुवन सुवेदीले संचालन गरेको कार्यक्रममा श्रीराम प्रसाईले अतिथिलाई स्वागत गरेका थिए । कार्यक्रममा सभापति दिनेश भण्डारीले परोपकारी कार्य कै लागि समाजको स्थापना भएको बताउदै परोपकार धर्म जात क्षेत्र सम्प्रदाय भन्दा माथिको सर्वोत्तम मानवीय धर्म भएको बताए ।उनले सबैको हितको लागि कार्य गरिरहेको उल्लेख गर्दै समाजको अभियानलाइ सहयोग गर्ने सबैलाई धन्यवाद दिदै समाजका परोपकारी कार्यले भविष्यमा पनि निरन्तरता पाउने बताए ।

कार्यक्रममा उपस्थित पाहुनाहरुलाई दशैँको अवसरमा खाने खाना खुवाइएको थियो ।