एनआरएन बेल्जियमको निर्वाचनमा गौतम प्यानल विजयी, मत सहित

एनआरएन बेल्जियमको निर्वाचनमा गंगाधर गौतमले ८३६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । उनकी प्रतिस्पर्धी सरु चापागाईंले ६८१ मत पाइन् । महासचिवमा लोक प्रसाद दाहालले ७७६ मत प्राप्त गरी विजयी भएका छन् भने र उनका प्रत्यासी यामु निरौलाले ७१४ मत प्राप्त गरे । त्यसै गरी आईसीसी सदस्यका लागि चिजकुमार श्रेष्ठले ९५८ मत र नेत्र बहादुर मगरले ८४२ मत प्राप्त गरि…

Comments Off on एनआरएन बेल्जियमको निर्वाचनमा गौतम प्यानल विजयी, मत सहित

एनआरएन बेल्जियमको ‘एक्जिट पोल’ , कसले जित्ला ?

एनआरएन बेल्जियमको निर्वाचनमा  सबै क्षेत्रको मत संकलन गरि अहिले राती १२ बजेबाट आन्त्वेर्पेनमा मतगणना शुरू हुँदैछ । निर्वाचनमा काँग्रेस-एमाओवादीसहितको गंगाधर गौतमको समूह र एमालेनिकटको सरू चापागाइँ समूहकाबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । इन्फोमालाले प्रमुख मतदान केन्द्रमा रहेका प्रतिनिधिहरूसँग सम्पर्क गरी माहौलबारे जानकारी लिएको थियो । प्राप्त रिपोर्टअनुसार मिश्रित नतिजा आउने आँकलन गरिएको छ । आइ.सी.सी. प्रतिनिधिमा गौतम समूहका चीजकुमार श्रेष्ठ र…

Comments Off on एनआरएन बेल्जियमको ‘एक्जिट पोल’ , कसले जित्ला ?

एन.आर.एन. बेल्जियम- अन्तर्राष्ट्रिय बेइज्जती ?

nrnघटीमा ६ हजार ( केहीको अनुमानमा १० हजार, गैर कानूनी रूपमा रहेकाको गणना मुस्कील भएकोले यकीन सँख्या भन्न नसकिने)  नेपालीहरूले भरिएको युरोपको सानो र समृद्ध राष्ट्र बेल्जीयममा नेपालीका ६० भन्दा ज्यादा सँघ- संगठनहरू सक्रिय छन् । यी सँस्थाहरूमा जिल्लागत, जातिगत र राजनीतिक पार्टीगत रूपमा नेपालको प्रतिबिम्ब देखिन्छ र, प्रष्टै रूपमा घरदेशको जस्तै नेतागिरी र भाटगिरी चल्छ । त्यसबाहेक भाषा, संस्कृति, च्यारिटी र खेल क्षेत्रमा सक्रिय सँस्थाहरू पनि चाँदीको घेरा झैं नेपाली समुदायमा रहेका छन् ।

यी ६० सँस्थाका ६० ‘अदक्ष’ हरूको आसनमाथि अर्को ठूलो ‘अदक्ष’ को सिंहासन छ । अर्थात एन. आर. एन. । एन. आर. एन. अभियानको यात्रा लम्बिंदै जाँदा थुप्रै देशहरूका राष्ट्रिय कमिटीहरू कुहिरोको काग जस्तै बन्दै गइरहेका छन् । च्याउ उम्रे झैं खुलेका सँस्थाहरूको हुलमा एन. आर. एन.को भूमिका के हुने भन्ने अन्यौल देखिन्छ । अनि यी एन. आर. एन. का राष्ट्रिय कमिटीहरू जताततै हात हाल्ने र कतै काम गर्ने र कतै सिर्फ सिनेमा देखाउने बनेका छन् ।

यहाँ सन्दर्भ छ, बेल्जियमको । यहाँको एन. आर. एन. पनि कुहिरोको काग जस्तो लाग्छ । (more…)

Comments Off on एन.आर.एन. बेल्जियम- अन्तर्राष्ट्रिय बेइज्जती ?