एनआरएन बेल्जियमको ‘एक्जिट पोल’ , कसले जित्ला ?

एनआरएन बेल्जियमको निर्वाचनमा  सबै क्षेत्रको मत संकलन गरि अहिले राती १२ बजेबाट आन्त्वेर्पेनमा मतगणना शुरू हुँदैछ । निर्वाचनमा काँग्रेस-एमाओवादीसहितको गंगाधर गौतमको समूह र एमालेनिकटको सरू चापागाइँ समूहकाबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।

इन्फोमालाले प्रमुख मतदान केन्द्रमा रहेका प्रतिनिधिहरूसँग सम्पर्क गरी माहौलबारे जानकारी लिएको थियो । प्राप्त रिपोर्टअनुसार मिश्रित नतिजा आउने आँकलन गरिएको छ । आइ.सी.सी. प्रतिनिधिमा गौतम समूहका चीजकुमार श्रेष्ठ र चापागाइँ समूहका गोपाल सिंखडाको प्रबल संभावना रहेको अनुमान गरिएको छ । त्यसैगरी महासचिवमा चापागाइँ समूहका यामु निरौलाले बाजी मार्ने धेरैको अनुमान छ ।

अध्यक्षमा भने चर्को प्रतिस्पर्धा रहेको बताइएको छ । आन्त्वेर्पेन र गेन्टमा सरू चापागाइँ अगाडि रहेको अनुमान छ भने लुभेन र ब्रुजमा गंगाधर गौतमको पकड बलियो देखिएको छ । ब्रसेल्समा दुबै उमेदवार हाराहारीमा रहेको बताइन्छ । यो आँकलनलाइ विश्लेषण गर्दा अध्यक्षमा थोरै मत अन्तरले निर्णय हुने संभावना देखिएको छ ।gangadhar gautamsaru chapagai