एनआरएन बेल्जियमको निर्वाचनमा गौतम प्यानल विजयी, मत सहित

gangadhar gautamएनआरएन बेल्जियमको निर्वाचनमा गंगाधर गौतमले ८३६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । उनकी प्रतिस्पर्धी सरु चापागाईंले ६८१ मत पाइन् ।

महासचिवमा लोक प्रसाद दाहालले ७७६ मत प्राप्त गरी विजयी भएका छन् भने र उनका प्रत्यासी यामु निरौलाले ७१४ मत प्राप्त गरे ।

त्यसै गरी आईसीसी सदस्यका लागि चिजकुमार श्रेष्ठले ९५८ मत र नेत्र बहादुर मगरले ८४२ मत प्राप्त गरि स्थान सुरक्षित गरेका छन् । गोपाल सिम्खडाले ६५१ र किसन केसीले ५२४ मत  पाए । यसैगरी उपाध्यक्षमा कृष्णप्रसाद पौडेल ८६१ र पदम गुरुङ १०१५ मतसहित बिजयी भएका छन् । महिला उपाध्यक्षमा यसोदा सुवेदी बिजयी भएकी छिन् । उनले ८३० मत प्राप्त गरिन् ।
यसैगरी सचिवमा गोविन्दसिंह अधिकारी र राकेश कर्माचार्य, कोषाध्यक्षमा आङमाया लामा, सहकोषाध्यक्षमा हरिकुमार पाठक बिजयी भएका छन् ।
यसैगरी महिला संयोजकमा निर्मला बजगाईं तथा सदस्यहरुमा राजु केसी, भिम सुवेदी, पूर्ण तिमिल्सीना, किरण शर्मा, सागर सुब्बा होम गुरुङ, अहमद दिन मिया, रेना बस्नेत, कल्पना मगर, सावित्री गिरी र सुमित्रा गुरुङ निर्वाचित भए । प्रगतिशील प्यानलको तर्फबाट एक मात्र सदस्य मुना ताम्राकारले जितिन् ।

गौतमको प्यानलमा काँग्रेस, एमाअोवादी र जनजातिहरूको समूह थियो भने एमाले पक्षधरहरूको नेतृत्व चापागाईंले गरेकी थिइन् । 

बेल्जियमका पाँच मतदान क्षेत्रका पाँच मतपेटिकालाई छुट्टाछुटै पाँच ठाउमा राखी मतगणना गरिएको थियो ।

vote counting nrn belgium