बेल्जियममा सौर्य ऊर्जा संचालित ट्रेन

यूरोपमा पहिलो पल्ट सौर्य ऊर्जा संचालित ट्रेन बेल्जियममा शुरू गरिएको छ । एन्टवर्प राजमार्गमा जडिएका १६००० सौर्य प्यानलहरूले  ट्रेनको निम्ति ऊर्जा उत्पादन गर्नेछ । ती सौर्य प्यानलहरूले  उत्पादन गर्ने उर्जाले वर्षमा एक दिनको निम्ति बेल्जियमको सम्पूर्ण ट्रेन गाडीलाइ चलाउँछ । इटलीमा वातानुकूलित बनाउन सौर्य ऊर्जाको आंशिक उपयोग भैसकेको छ भने फ्रान्सले पनि सौर्य ऊर्जाको प्रयोग गर्ने योजना बनाएको छ ।

Comments Off on बेल्जियममा सौर्य ऊर्जा संचालित ट्रेन