घटीमा ६ हजार ( केहीको अनुमानमा १० हजार, गैर कानूनी रूपमा रहेकाको गणना मुस्कील भएकोले यकीन सँख्या भन्न नसकिने) नेपालीहरूले भरिएको युरोपको सानो र समृद्ध राष्ट्र बेल्जीयममा नेपालीका ६० भन्दा ज्यादा सँघ- संगठनहरू सक्रिय छन् । यी सँस्थाहरूमा जिल्लागत, जातिगत र राजनीतिक पार्टीगत रूपमा नेपालको प्रतिबिम्ब देखिन्छ र, प्रष्टै रूपमा घरदेशको जस्तै नेतागिरी र भाटगिरी चल्छ । त्यसबाहेक भाषा, संस्कृति, च्यारिटी र खेल क्षेत्रमा सक्रिय सँस्थाहरू पनि चाँदीको घेरा झैं नेपाली समुदायमा रहेका छन् ।
यी ६० सँस्थाका ६० ‘अदक्ष’ हरूको आसनमाथि अर्को ठूलो ‘अदक्ष’ को सिंहासन छ । अर्थात एन. आर. एन. । एन. आर. एन. अभियानको यात्रा लम्बिंदै जाँदा थुप्रै देशहरूका राष्ट्रिय कमिटीहरू कुहिरोको काग जस्तै बन्दै गइरहेका छन् । च्याउ उम्रे झैं खुलेका सँस्थाहरूको हुलमा एन. आर. एन.को भूमिका के हुने भन्ने अन्यौल देखिन्छ । अनि यी एन. आर. एन. का राष्ट्रिय कमिटीहरू जताततै हात हाल्ने र कतै काम गर्ने र कतै सिर्फ सिनेमा देखाउने बनेका छन् ।
यहाँ सन्दर्भ छ, बेल्जियमको । यहाँको एन. आर. एन. पनि कुहिरोको काग जस्तो लाग्छ । (more…)