सीएनएन पत्रकारले गरे झुठको खेती ?

‘सीएनएन पत्रकारले शल्यक्रिया गरेका छैनन्’ वीर अस्पतालका स्नायु शल्य चिकित्सकहरूले सीएनएनका स्वास्थ्य पत्रकार डा. सञ्जय गुप्ताले एक बालिकाको मस्तिष्कको आफैंले शल्यक्रिया गरेर ज्यान जोगाएको समाचार गलत रहेको बताएका छन् । भारतीयलगायत विभिन्न सञ्चार माध्यमहरूमा न्युरो सर्जनसमेत रहेका गुप्ताले वीर अस्पतालमा समाचार संकलन गर्न जाँदा त्यहाँ सेलीना नाम भएकी घाइते बालिकालाई देखेको, त्यहाँ त्यतिखेर कुनै डाक्टर नभएको र आफैंले केही घण्टाको…

Comments Off on सीएनएन पत्रकारले गरे झुठको खेती ?

फेसबुकमा रेसिस्ट टिप्पणी गर्ने पत्रकार निस्कासित

फेसबुकमा रेसिस्ट टिप्पणी गर्ने टिभी पत्रकारलाई बेल्जियमको आरटीएल टिभी च्यानेलले कामबाट निस्कासन गरेको छ । लुक ट्रुलमन नामका ती पत्रकार आरटीएलमा मौसमविज्ञका रूपमा कार्यरत थिए । पत्रकार ट्रुलमनको रंगभेदी टिप्पणीमा खासगरि मुस्लिमका विरूद्धमा खनिएका थिए । ट्रुलमनले टिप्पणी लेखनबारे माफी मागीसकेका छन् र एक घटनामा आफूविरूद्ध भएको दुर्व्यवहारबाट आवेशमा आइ लेखेको प्रष्टीकरण दिएका छन् ।

Comments Off on फेसबुकमा रेसिस्ट टिप्पणी गर्ने पत्रकार निस्कासित

माओवादीविरोधी मोर्चाको नेता- कनकमणि दीक्षित !

 

kanakप्रचण्डदेखि जिल्ला र गाउँस्तरका एमाओवादी नेताहरूको तारो छन्- कनकमणि दीक्षित । प्रचण्ड उनलाई ‘विपक्षी मिडियाका नेता’ ठान्छन् भने माओवादीनिकट मिडिया उनलाई ‘जनताका शत्रु’ भन्छन् । अनि अपराधको दोष लागेका बालकृष्ण ढुंगेलदेखिका अरू एमाओवादी नेताहरूको तर्क हुन्छ- ‘कनकमणिले भनेर मैले सजाय भोग्छु ?’

माओवादी कोणबाट हेर्दा माओवादीविरोधी मोर्चाको प्रमुख नेता हुन- कनकमणि दीक्षित । शुशील कोइराला, झलनाथ खनाल वा कमल थापाभन्दा ज्यादा खतरनाक लाग्छन्- कनकमणि । (more…)

Comments Off on माओवादीविरोधी मोर्चाको नेता- कनकमणि दीक्षित !