फेसबुकमा रेसिस्ट टिप्पणी गर्ने पत्रकार निस्कासित

RTL Journalist Lucफेसबुकमा रेसिस्ट टिप्पणी गर्ने टिभी पत्रकारलाई बेल्जियमको आरटीएल टिभी च्यानेलले कामबाट निस्कासन गरेको छ । लुक ट्रुलमन नामका ती पत्रकार आरटीएलमा मौसमविज्ञका रूपमा कार्यरत थिए । पत्रकार ट्रुलमनको रंगभेदी टिप्पणीमा खासगरि मुस्लिमका विरूद्धमा खनिएका थिए ।
ट्रुलमनले टिप्पणी लेखनबारे माफी मागीसकेका छन् र एक घटनामा आफूविरूद्ध भएको दुर्व्यवहारबाट आवेशमा आइ लेखेको प्रष्टीकरण दिएका छन् ।