बेल्जियममा दोस्रो घर किन्दा …

 

  • हरी श्रेष्ठ

hari shrestha2बेल्जियममा काम गर्नेहरुले २०१५ को करको हिसाब किताब भर्नको लागि बेल्जियम सरकारले २८ अप्रिल १०१६ बाट, कागजमा भर्नेहरुलाई ३० जूनसम्म  र अन-लाइनमा भर्नेहरुलाई १३ जुलाई सम्म समय दिएको छ|

के हुन्छ करको  हिसाब नबुझाएको खण्डमा :

पोहरपनि करको हिसाब बभुझाउनेहरुको संख्या कम थिएन | उनीहरुको फाइल हेरी , ५० यूरो देखि १२५० सम्मको जरिबानाको साथै कर तिर्नुपर्नेरकममा १०% देखि २००% सम्म तिर्नुपर्ने भन्दा बढी रकमको जरिबाना हुन संक्ने |

 २०१५ देखि यता: 

२०१५ को डिसेम्बरबाट अचल सम्पतिको लागि लिएको ऋणको ब्याज तिरेको रकमबाट फिर्ता पाउने सुबिधा कम भएता पनि घर किनबेच तथ्यांकमाभने कमि आएको छैन | यूरोपिएन केन्दिय बैंकले तोकेको न्युनतम ब्याजदर नै एसको प्रमुख कारण हो |

२०१५ साल पछिको नयाँ नियम अनुसार दोस्रो घरको लागि ऋण लिनुपर्दा जम्मा मुल्यको २०% आफुले तिर्नुपर्ने अनि १०% रजिस्ट्रेशन खर्च र करिब ५हजार जति नोटरी खर्च लाग्छ| यस अर्थमा २५० ००० यूरो मूल्य पर्ने घरको लागि सुरुमा आफ्नो लगानी २०% = ५००००  +  रजिस्ट्रेशन खर्च  १०% =२५०००  +  नोटरी खर्च ५००० गरि    ८० ०००  यूरो आफुले लगानी गर्नुपर्ने प्राबधान छ , भने पहिलो घरको लागि आफ्नो  लगानी २०% = ५० ०००यूरो नपर्ने हुँदा आफुसंग ३० ००० यूरो मात्रै भए पुग्ने नियम छ|

यसरी २५० ००० यूरो को दोस्रो घरको लागि  किन्दाखेरी बैंकलाइ १५ बर्षे ऋणमा १४५० – १५०० यूरो महिनावारी भुझाउनु पर्ने हुन्छ |बैंकले ऋणकोहिसाब गर्दा भने घरभाडाबाट उठ्ने रकमको ७५% मात्रै + अन्य आम्दानीलाई ऋण फिर्ता तिर्न्ने माध्यमको रुपमा हिसाब गर्छ|

अर्थात् एउटा जोडीको महिनावारी आम्दानी २ ५०० यूरो  छ भने र दोस्रो घरबाट आउने आम्दानी १ ५०० यूरो भने :

परिवारको जम्मा आम्दानी २५०० + घरको भाडा १५०० को  ७५% (११२५ ) = ३६२५ यूरो

पहिलो घर लाई ८०० तिर्नुपर्ने : ३६२५ – १००० = २६२५ बाकी

एउटा परिवाको खान र अन्य खर्चको लागि  ११०० यूरो  = २६२५-११०० = १५२५

एस प्रकारले दोस्रो घरको लागि तिर्न पर्ने महिनावारी लगभग रकम पुग्दो हुन्छ |

कर :

दोस्रो घरको  प्रतेक वर्ष सम्पति कर मात्रै नभएर हरेक वर्ष आफ्नो आम्दानी कर,  ‘अचल सम्पतिको आम्दानी कर’ अन्तर्गत बुझाउनु पर्छ | घरभाडामा गएको होस या नहोस |  पहिलो घरको लागि भने अचल सम्पति कर मात्रै तिरे पुग्छ |

अचल सम्पतिको आम्दानी कर घर भाडामा दिएको नदिएको संग सम्बन्ध हुदैन | अर्थात् कसैले दोस्रो घर किनेर बर्सको घरभाडा ३००० * १२ = ३६०००कमाएको छ र कसैले किनेर भाडामा दिएको छैन र अम्दानीनै गरेको छैन भनेपनि यदि दुइटा घरको सरकारी रेट ( Kadastraal inkomen ) उस्तै छ भनेतिर्नुपर्ने कर लगभग उस्तै हुन्छ | घरको कर, घरबाट उठेको भाडा बाट हुदैन सरकारी रेट (Kadastraal inkomen) बाट हुन्छ | Kadastraal inkomenभने सरकारले घर नयाँ पुरानो, गाउँ सहर वा अन्य कुरा हेरेर सरकारले आफै तोकेको हुन्छ |

तर पहिलो र एउटा मात्रै घर छ र त्यो घरमा आफु बसेको छ र बाकी भाग भाडामा दिएको छ, त्यस घरबाट जतिसुकै आम्दानी भएपनि घर आम्दानीकर लाग्दैन|

यूरोपको धेरै देशहरु संग नमिल्ने यो बेल्जियमको  भिन्दै नियम छ |

 तरिका:

यदि एउटा घरको सरकारी रेट १००० छ भने :

र घर ब्यवसायको लागि प्रायोग गरिएको छैन भने अर्थात् मान्छेहरुलाई मात्रै भाडामा दिएको छ भने २०१६ सालको लागि सरकारी रेट 1,७१५३ (योरेट बर्सेनि फरक हुन्छ), गरि

1.००० x 1,७१५३  x 1,४  = 2.४०१ कर तिर्नुपर्ने रकम बन्छ |

यहाँ १,४ चाही नियम हो, यो नियम दोस्रो घर बाट बढी तेस्रो, चौथो सबैमा लागु हुन्छ| २,४०१ यूरो कर होइन यो अचल सम्पतिबाट भएको पुराआम्दानीमा गनिन्छ |  र अन्य आम्दानी

  • ब्रसेल्स