राष्ट्रपति भण्डारी फोब्र्स म्यागजिनको शक्तिशाली महिलाहरूको सूचिमा

President_Bidhya_Devi_Bhandariनेपालकी राष्ट्रपति विद्यादेवि भण्डारीलाई फोब्र्स म्यागजिनले सन २०१६ का संसार कै शक्तिशाली महिलाहरूको सूचिमा ५२ औं स्थानमा सूचिकृत गरेको छ । जर्मन चान्सलर एन्जेला मेर्केल पहिलो नम्बरमा छिन भने हिलारी क्लिन्टन दोस्रो शक्तिशाली महिला मानिएकी छिन् ।

फोब्र्स म्यागजिनले संसारका सर्वाधिक शक्तिशाली महिलाहरूको १०० जनाको सूचि आजै प्रकाशित गरेको हो । नेपालमा राष्ट्रपति पद औपचारिक मात्र भए पनि प्रधानमन्त्री के. पी. ओलीले उनका कुरा सुन्ने परिस्थितिको आँकलन गर्दै उनलाई शक्तिशाली महिलाहरूको सूचिमा पारिएको विश्लेषण फोब्र्स म्यागजिनले गरेको छ ।