ब्रसेल्समा घरको मूल्य घट्यो

सन् २०१७ को जनवरीदेखि सालको अन्तसम्मको मूल्य दर हिसाब गर्दा ब्रसेल्समा घरको मूल्य घटेको पाइएको छ । यो घटेको दर सरदरमा २.५ प्रतिशत रहेको छ ।

मूल्य विश्लेषण अनुसार २०१७ को जनवरीमा ४ लाख ३० हजार युरोमा पाइने घर अहिले १० युरो सस्तोमा किन्न पाइन्छ ।

तर फ्ल्याटको मूल्य भने ३ प्रतिशतले बढ्दो छ । ब्रसेल्समा एउटा फ्ल्याटको सरदर मूल्य २ लाख ३५ हजार रहेको छ ।

५ लाख भन्दा कम मूल्यको घर किन्दा १ लाख ७५ हजार युरो सम्मको परिमाणमा कर लाग्दैन । यो नियमले गर्दा युवाहरू फ्ल्याट किन्न आकर्षित भएका जनाइएको छ ।