नयाँ वर्ष २०७५ को अवसरमा लुभेनमा नेपाल महोत्सव

नेपालको सँस्कृतिक एवँ पर्यटन प्रवद्र्धन, स्थानीय स्तरमा समाजिक सहभागिताका लागि एनआरएन बेल्जियमव्दारा हरेक वर्ष आयोजना गरिने नेपाल महोत्वस यो वर्ष नेपाली नयाँवर्ष २०७५ सँगै बेल्जियमको लुभेन  शहरको स्टेशनमा आउँदो १४ अप्रिल शनिवार आयोजना गरिने भएको छ ।
विगत वर्षको नेपाल महोत्सवबाट

नेपाली राजदूतावासको सँरक्षकत्वमा स्थानीय लुभेन नगरपालिका, नेपाली पर्यटन दूतहरु, स्थानीय गैसस महासँघ एआईएफ, बेल्जियम नेपाल मैत्री सँघ,   बेल्जियमस्थित सम्पूर्ण नेपाली सँघसंस्थाहरु सहआयोजक रहेका छन् ।  आयोजकहरुका अनुसार लुभेन नगरपालिकाका मेयर लुइस तवाक तथा बेनेलुक्सका लागि नेपाली राजदूत लोक बहादुर थापाले सँयुक्त रुपमा उदघाटन गर्ने महोत्सवमा नेपाली साँस्कृति प्रस्तुति, मौलिक नेपाली खाना तथा पोषाकको प्रदर्शनी, नेपालीका विविध जातीय झाँकीहरुको प्रस्तुति, पर्यटकीय सम्भावनाहरुको प्रचारप्रसार तथा शान्ति एवँ सामाजिक सदभावको सन्देश प्रवाह गरिने छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि गैरनेपाली आवासीय संघ बेल्जियमका उपाध्यक्ष खडक के.सी.को सँयोकत्वमा मूल समिति र आबश्यक अन्य समति, उपसमितिहरु गठन गरिएको छ  । कार्यक्रम अपरान्ह २ बजेदेखि शुरु हुने जानकारीमा आएको छ ।
दीपेन्द्र के.सी.