बेल्जियमका आधा रेस्टुरेन्टमा ब्ल्याकबक्स जोडिएका छैनन्

बेल्जियमका ८० प्रतिशत रेस्टुरेन्टमा ब्ल्याकबक्स  जडान भए पनि आधा जसो रेस्टुरेन्टमा कार्यान्वित हुने गरी ब्ल्याकबक्स कनेक्टेट छैनन् ।

‘ला लिब्र बेल्जिक’ पत्रिकाको समाचार अनुसार २७ हजार रेस्टुरेन्टले ब्ल्याकबक्सको मशिन जडान त गरेका छन् तर केवल २० हजार रेस्टुरेन्ट मात्र कर कार्यालयको प्लग-इनसँग जोडिएका छन् ।

सबै रेस्टुरेन्टहरू कर कार्यालयको प्लग-इनसँग नजोडिनुमा राजनीतिक नेतृत्वको कम चासो भएको आलोचकहरूले बताएका छन् । आउँदो चुनावलाइ ख्यालमा राखेर नेताहरू अलोकप्रीय निर्णयमा सख्त बन्न नचाहेका बताइन्छ ।

ब्ल्याकबक्सको जडानपछि रेस्टुरेन्ट व्यवसायीको फाइदा घट्ने चर्चा गरिन्छ ।

थुप्रै नेपालीहरू बेल्जियममा स्टुरेन्ट व्यवसाय गरिरहेका छन् ।