राजकुमार संतोषीको फिल्ममा मनीषा ?

Manisha-Koiralaहेल्थ ब्रेकमा गएकी मनीषा कोइराला अब छिट्टै फिल्ममा आउने संभावना बढेको छ । भारतीय पत्रिकाहरूका अनुसार मनीषा र बलिउड फिल्म निर्देशक राजकुमार संतोषीका बीच एक प्रोजेक्टका बारेमा छलफल चलिरहेको छ । शूटिंग मार्चको अन्तमा शुरू हुने बताइएको छ ।

यस बारेमा मनीषाले भेट भएको बताएकी छन् तर थप कुरा उल्लेख गर्न नचाहेको भारतीय पत्रिकाहरूले उल्लेख गरेका छन् । मनीषाले एक बंगाली फिल्ममा पनि खेल्न लागेको बताइएको छ ।