नायक भुवन केसीको पनि आत्मवृत्तान्त आउँदै

bhuwan-kc-नेपाली सिने क्षेत्रका सदाबहार नायक भुवन केसीको आत्मवृत्तान्त प्रकाशित हुने भएको छ । यही चैत्रमा प्रकाशन हुन गईरहेको र आफ्नो आत्मबृत्तान्तबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नायक केसीले भने, ‘मेरो आत्मबृत्तान्तले राजनीतिको क्षेत्रमा लागेका ठुला नेतालाई पनि केही सन्देश दिनेछ । नेताहरुले पुस्ता हस्तान्तरण गर्नुपर्छ भन्ने मेरो सन्देश छ ।’

नेपाली सिनेमा उद्योगमा निजी तवरबाट निर्माण गरिएको पहिलो व्यवसायीक चलचित्र ‘जुनी’बाट चलचित्र उद्योगमा पदार्पण गरेका नायक/निर्माता केसीले हालसम्म ‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘सपना’, ‘साईनो’, ‘दक्षिणा’, ‘चिनो’, ‘भाउजु’, ‘दुई थोपा आँसु’, ‘नेपाली बाबु’ र ‘करोडपती’लगायत दर्जनौं कोशेढुंगा चलचित्र नेपाली रजतपटकमा अर्पर्ण गरिसकेका छन् । नेपालमा पहिलो पटक नायक–नायीकाको पोष्टर छपाई र प्रचार प्रसारको नयाँ शैली भित्रयाएर नेपाली चलचित्र उद्योगलाई पुनर्जिवन दिएका नायक भुवन केसीको आत्मबृत्तान्त नेपाली सिनेमा उद्योगको लागि पठनीय सामाग्री हुने र चलचित्र क्षेत्रमा प्रवेश गर्न चाहने जिज्ञासुहरुका लागि एउटा सहायक ग्रन्थ नै साबित हुने देखेर पुस्तक प्रकाशन गर्न गइरहेको घोस्ट राइटीङ नेपाल प्रालीले जनाएको छ ।