लन्डनस्थित क्रिमिनल कोर्टमा कर्णेल लामाको सुनुवाइ

युद्ध अपराध अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामाको मुद्दा सुनुवाई मंगलबारदेखि फेरि सुरु हुने भएको छ ।

col_kumar-lamaसेन्ट्रल लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीमा मंगलबारबाट लामाको मुद्दामाथि सुनुवाई सुरु हुन लागेको हो । गत अगष्टमा भएको प्राराम्भिक सुनुवाईबाटै अन्तिम टुग्गो लगाइने बताइए पनि लामाको मुद्दा हेरिरहेका न्यायाधीशले पूर्ण इज्लासबाट फैसाल हुनुपर्ने निर्णय सुनाउदै मंगलबारका लागि सुनुवाइको मिति तय गरेका थिए । लामाको मुद्दा १२ जनाको जुरीमा सुनुवाइ हुँदैछ ।

पीडितका तर्फबाट मुद्दा हेर्दै आएको नेपालको एडभोकेसी फोरमकी प्रमुख मन्दिरा शर्मा पीडितका तर्फबाट प्रत्यक्षदर्शीका रुपमा बयान दिन लण्डन आइपुगेकी छन् । लामाको सुनुवाई दुई हप्ता सम्म चल्न सक्ने र अन्तिम फैसला हुन चार हप्ता सम्म लाग्ने अपेक्षा गरिएको छ ।

सशस्त्र द्वन्द्वकालमा मानवअधिकार हनन गरेको अभियोगमा लामालाई गत बर्षको जनवरी पहिलो साता बेलायतमा पक्राउ गरिएको थियो । सुडान मिसन प्रमुख रुपमा कार्यरत लामा बेलायतमा रहेकी श्रीमती भेट्न आएका बेला मेट्रो पोलिटन पुलिसले पक्राउ गरेको थियो । पछि धरौटीमा छोडेको भए पनि उनी आफ्नै घरमा बसेर मुद्दा लडिरहेका छन् । यतिबेला उनी लण्डनको इष्ट ससेक्समा श्रीमति र दुई छोरीका साथ बस्दै आएका छन् ।

लामामाथि सन् २००५ मा गोरुसिंगे ब्यारेकमा कार्यरत रहँदा जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको आरोप छ ।