एक्लो भएको भन्दै कोरीयामा एक नेपाली द्वारा आत्महत्या

दस महिना अघि ईपीएसबाट कोरिया पुगेका झापा धुलाबारीका छबिलाल खतिवडाले आत्महत्या गरेका छन | ‘बिरानो Chabilal-khatiwadaठाउँमा धन कमाउन आए तर पैसा भन्दा मैले आफु एक्लो पाए” भन्ने सुसाईट नोट लेख्दै आत्महत्या गरेका हुन्| तिन पेज लामो नोटमा उक्त कुरा लेखेको  उनका आफन्तले जानकारी गराए| खतिवडा ईबोल साम्बोक मेटल कम्पनी मा कार्यरत थिए |

खतिवडा बिहिबार बिहानदेखि अकस्मत हराएपछि उनको खोजि भएको थियो | शुक्रबार बेलुका  साढे पाँच बजेतिर जंगलको एक रूखमा झुण्डिएको अवस्थामा उनके शव फेला पारेको थियो | २५ बर्षीय खतिवडाले आफूले आस गरेका मान्छेहरुबाट पनि सहयोग नपाएको भन्दै आफु निरिह हुन पुगेको सुसाईट नोटमा लेखेका छन्|