रूसले नेपालसँग ५७ वर्ष पुरानो ऋण माग्यो

सोभियत संघ रूसले नेपाल सरकारसँग आफूले दिएको ११ लाख ६० हजार डलर ऋण तिर्न आग्रह गरेको छ । रूसले यसरी किन यति सानो रकम माग्यो भन्नेबारे केही खुलाएको छैन् । नेपाललाई ५७ वर्षअघि दिएको ऋण माग्नुलाई निकै अनौठो मानिएको छ ।

Flag-Nepal-Russiaतर, रूसको अहिले आर्थिक अवस्था निकै खस्किएको कारण उक्त ऋण फिर्ता मागेको अनुमान गरिएको छ । रूसको आर्थिक अवस्था निकै खस्किएपछि उसले पहिला अन्य देशहरूलाई दिइएका ऋण रकमहरू मागेर देश चलाइरहेको बिजनेस इनसाइडर डट कमले जनाएको छ ।

नेपाल र रूसबीच सम्बन्धको सुरूवात सन् १९५६ भएको थियो । नेपालको रूससँग सम्बन्धको सुरूवात भएको तीन वर्ष अघि नै अमेरिकाले नेपालमा दुतावास खोलेको थियो ।

सन् १९५८ जुनमा राजा महेन्द्र शाहले स्विकार गरेर लिइएको उक्त ऋण अहिलेका बित्तीय मन्त्रीले तिर्न आग्रह गरेका हुन् ।