दशैंमा मात्रै गुल्मीमा करिब एक अरब रेमिट्यान्स

गुल्मी जिल्लाका वित्तिय संस्थाहरुबाट मात्र यस जिल्लामा दशैंको मुखमा एक महिना भित्रमा ७० करोड भन्दा बढि रेमिट्यान्स भित्रिएको छ । जिल्लामा सवैभन्दा बढि कारोवार हुने शाईन रेसुङ्गा विकास बैंकबाट मात्रै भदौ ८ गते देखि असोज ८ का बीचमा सम्म ५० करोड रेमिट्यान्स भित्रिसकेको छ ।

Gulmi VDCsजिल्लाका वित्तिय संस्थाहरुबाट भदौं ८ देखि असोज ८ सम्म भित्रिएको विवरण संकलन गर्दा दशैंको एक महिनामा कुल ७१ करोड २४ लाख ७० हजार ३ सय ५१ रुपैयाँ रेमिटयान्स गुल्मीमा भित्रिएको छ । यो रकम गत वर्षको दशैंमा भन्दा २० करोड भन्दा बढि हो । गत वर्षको दशैंमा ५० करोड करिव रेमिट्यान्स भित्रिएको थियो ।

यो एक महिनामा बैँकमार्फत मात्र ७० करोड बढि रेमिट्यान्स भित्रिएको देखिए पनि अन्यत्रबाट आएको रकम जोड्ने हो भने यो दशैं पर्वमा एक अरव बढि रेमिट्यान्स भित्रिने पक्का पक्की भएको छ । दशैं मान्न आउने व्यक्ति आफले ल्याउने , साथीहरुले पठाउने र अन्य माध्यबाट समेत आउने रकमले एक अरव बढि आंकलन गर्न सकिन्छ ।
यो हिसावले गुल्मीमा प्रत्येक महिना न्युतम ५० करोड रेमिट्यान्स भित्रिने गरेको छ । यसरी वार्षिक न्युतम ६ अरव रेमिट्यान्स गुल्मी भित्रिनुको परिणाम पनि गाउँ स्तर सम्म देख्न सकिन्छ । विगतमा विकट गरिव वस्ती भनिने गाउँमा समेत अहिले प्रायः स–साना खरका झुपडीहरु देख्न सकिन्न् । जीवनस्तर बेस्करी परिवर्तन भएको छ ।