आवाज भित्रको आवाज

कसैको खस्रो आवाज, कसैको मसिनो आवाज, कसैको धोद्रो आवाज, कसैको छिपछिपे आवज, कसैको चोटिलो आवज आदि आवज बोकेर हिड्नेहरुकोDILLI आवाजले आज आवाज सुन्नेहरुबाटै चोटिलो जवाफ खाएको छ । खै त त्यो आवजको दम ? त्यो आवजको भर परेर हामिले के सिक्यौँ त आवज दिनेहरुबाट ?

हो, सिक्नु पर्ने आवजलाई सिकाउने आवाजले समाज दिशा-निर्देशको नजिर मागेको छ अहिले । आवाज दिनेहरुको भर्खरै बसालेको नजिरले त डाएस्पोरिक समाजमा त झन उपद्रो मच्चिने पो देखियो त ! सानो खुद्रा समुहको जति पनि अनुबीधि देखिएन यो आवाज बेच्ने र बिचारको ब्यपार गर्ने जमात भित्र ! सबैका सबै ठेक्दारि अहमताले इमान्दारिताको अनिकाल परेकाहरु! स्वभाव हेर्दा लाग्थ्यो केहि भर्खरै मृग मार्न जंगल पसेका शिकारी जस्ता, बिभिन्न रङहरु दलेर उग्र आवेगमा शिकार क्षेत्र कब्जा गर्न उत्रे जस्ता । धुन्दुकारीले झैँ उनिहरुका उग्र आवेगमा सहमतिको सहि धस्काइदिनु पर्ने रे! अचम्म मान्नु बाहेक अमुक बिधाताको पनि अर्को मनोदशा के हुन्थ्यो होला र त्यो संग्राममा ? एउटा कुनामा मसिनो स्वर सुनिदै थियो-“खै त चेतना र अनुबीधिको भारिले थिचिएर पसिना बगाउने आवजहरुको प्रतिनीधि बिम्ब ? अघिल्लो धुन्दु आवाजले पछिल्लो निम्छरो आवाजलाई ठेल्ने नै हो त ?”

गोबर्धनहरु पनि आवाज भित्रको अर्को आवाजका प्रतिनीधि हुन है भन्ने को हो  त अब ? धुन्दु आवजलाई अर्को आवजले अलिकति उजेलाउन खोज्दा बिचार दिन र प्रभाबित गर्न नसक्ने सम्झेछ्न केहि आवज बोक्नेहरुका मशिहाहरुले । अब त भन्न छाडे हुने नि “म  मा आवाजले स्वर फेरेको छ” भनेर । “मेरो आवजको फेरोले तिमीहरुलाई फन्को मार्न पुग्दैन”भनेर । हिजो आवाज भित्रको आवाज बनेर सुस्तरी शुस्कहरुलाई धाप मार्ने बिधाता धुन्दु बंशको कसरी पाले बस्न सके होलान !आवाज भित्रै निसास्सिँदै अर्को आवाज निस्केको छ अहिले । यो जमात भित्रैबाटै निस्केको आवाज हो । प्रत्यक यज्ञ स्थलका भित्ताहरुमा कान राखेर सुन्दा हुन्छ्,स्वर मसिनो छ ,ध्यान दिएर सुन्दा सुनिन्छ । त्यो आवाज मैले सुनिन भन्दा पनि हुने,सुने भन्दा पनि हुने, बुझेँ भन्दा पनि हुने, बुझिन भन्दा पनि हुने अनौठो तर पवित्र छ । अक्तियारिको अर्को तर्फ पनि रुन्चे स्वरले मेलाको बन्दोबस्तिमा निख्खर प्रश्न उठाएको छ । “कठै नत मेलामा धुन छ,न त आवाज दिँदा दिँदै चिसिएकाहरुको सम्झना! आवाजहरुमा न त कुनै दम छ,न त कुनै उत्साह ,आवेग त झन हुने कुरै भ​एन ।”कुरा सुनिए-;अलिक बढी भरोसा योग्य आवाजहरुको प्रतिनिधित्व हुन्थ्यो होला । सबै गले,रुझे,एकले अर्कोलाई बिश्वासै गरेनन। गोबर्धनको लाइनमा बस्दा सानो भइने -धुन्दुहरुको आवाजले सातो जाने ।

हे राम! यि आवाज दिनेहरु! आवाज भित्रको आवाज सुन्न नसक्नेहरु! सबैको आवाजको प्रतिनिधित्व गर्ने हौ भन्नेहरु! समाजभित्रका अबयबहरुमा नजिर बसाल्नेहरु! सत्संगको सल्लाह दिएर सिंगो धर्तिमा उज्यालो ल्याउछौँ भन्ने महायोगिहरु! के सिकायौँ त तिम्रा आवाज सुन्नेहरुलाई ? धुन्दु चरित्र र महा उग्र प्रचन्ड प्रतापि महाराज उग्रशेनको महा भारतको कथा ! बिभत्स्व बिध्वंसकारी महा प्रलयको निम्ता दिने समुन्द्र मन्थनबाट निस्केको हलाहलको बर्णन र अब्यबस्थै अब्यबस्थाले थेगि नसक्नु कृषणका सन्तान यदुबंशीहरुको रोगी राज्य संरचना ?

डिल्ली राम अंमाई/बेल्जियम