मातेका ड्राईभरले हाँकेको जन्तीबस पल्टँदा बालिकाको ज्यानै गयो

दोलखामा रक्सी पिएर मातेका ड्राईभरले हाँकेको जन्ती बस शनिबार बिहान पल्टँदा एक बालिकाको ज्यान गएको छ ।

drunk-driverरामेछापको बेतालीबाट दोलखाको मिर्गे–२ जैनालुमा विहे लिएर आएको बा२ख ६५७९ नम्बरको अरनिको यातायातको जन्तीबस फर्कने क्रममा जैनालुमै दुर्घटना हुँदा दैलेख घर भएकी ४ वर्षीया बालिका प्रिती खड्काको ज्यान गएको हो ।
ड्राईभर मातेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । एक कान्लामुनि बस खस्दा त्यसमा सवार अन्य यात्रु सामान्य घाइते भएका छन् भने बसमा सवार बेहुला-बेहुली भने सुरक्षित रहेको दोलखा प्रहरीले जनाएको छ ।