गैरकानूनी रूपमा इङ्गल्याण्ड मान्छे पठाउने ग्याङ समातियो

बेल्जियन प्रहरीले गैरकानूनी रूपमा इङ्गल्याण्ड मान्छे पठाउने ग्याङका ११ जना पक्राउ गरेको जनाएको छ । यसरी समातिनेहरू इराक, टर्की, अल्बानिया, इरान र अफगानिस्तानको पृष्ठभूमि भएका छन् ।

lorrieइङ्गल्याण्ड जाने ट्रकमा ढुवानी सामानमा मान्छे लुकाएर पठाइने गरेको प्रहरीले जनाएको छ । त्यस्ता मान्छेहरूसँग ३५०० युरोसम्म दलालहरूले लिने गरेका छन् । यो धन्दाका लागि बेल्जियम र फ्रान्सबाट मान्छेहरू जम्मा गरेर हाइ-वे का पार्किङ लटहरूमा मान्छे लुकाइने तथ्य खुलेको छ ।