नेपाली कै कारण मलेसियामा नेपाली सुरक्षा गार्डको रोजगारी गुम्ने खतरा

मलेसियन प्रधानमन्त्रीलाई सम्बोधन गर्दै एक नेपालीले पत्र लेखेपछि मलेसियन सरकारले जाँचबुझ समिति बनाएको छ । जसले गर्दा मलेसियामा रहेका र जाने प्रक्रियामा रहेका नेपाली सुरक्षा गार्डहरुको रोजगारी गुम्ने खतरा बढेको छ ।

Malaysia mapनाम नखुलाई लेखिएको पत्रमा ८० प्रतिशत नेपाली सिभिल र बाँकी पूर्वमाओवादी लडाकु भएको पनि लेखिएको छ । मलेसियामा सुरक्षा गार्डको रोजगारीको लागि सेना वा पुलिसमा काम गरेको हुनुपर्ने प्रावधान छ । प्रधानमन्त्रीलाई नेपाली सुरक्षा गार्डबारे पत्र प्राप्त भएपछि अनुसन्धान गर्न मलेसियन सरकारले जाँचबुझ समिति बनाएको छ । उक्त जाँचबुझ समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको एक कर्मचारीले खुलासा गरेका छन् ।

मलेसियामा करिब २५ हजार नेपालीहरु सुरक्षा गार्डको रुपमा काम गरिरहेको बताइएको छ । मलेसियाको राजपरिवारदेखि अधिकांस कम्पनी र घरहरुमा नेपालीहरु सन् १९९४ देखि सुरक्षा गार्डको रुपमा काम गर्दैै आएका छन् । अन्य कामको तुलनामा कमाई राम्रो हुने भएकाले नेपालीहरु सुरक्षा गार्डमा बढि आकर्षित हुने गरेका छन् ।